पम्पिङ प्रविधिबाट खाने पानीको योजना सुरु : वडा अध्यक्ष लामिछाने

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा महानगरपालिका वडा नं.२८ मा चालु आर्थिक वर्षमा कति योजनाहरु सम्पन्न भएका छन् ? आर्थिक वर्ष २०७९ / ०८० वार्षिक समिक्षा, आर्थिक वर्ष २०८० / ०८१ मा कुन कुन क्षेत्रलाई प्राथमिकता दिइन्छ ? यिनै विषयमा रहेर पोखरा महानगरपालिका वडा नं.२८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेसँग गाउँले मिडियाका ऋषिराम रानाभाटले गरेको कुराकानीको सम्पादित अंश :

यहाँको पहिलो वर्षको कार्यकाललाई कसरी मूल्यांकन गर्नु भएको छ ?

निर्वाचित भएर आए पछि पोखरा महानगरपालिकाको वडा नं.२८ को भौगोलिक अवस्था, ग्रामिण अवस्था, जनसरोकारका विषयहरु अध्ययन गर्दा निकै चुनौती महशुष गरेको थिए । प्राथमिकताको आधारमा साथीहरुको सल्लाह, राजनितिक दलहरुको सुझाव, सामाजिक व्यक्तित्वहरुको परामर्शमा जनताको चासोको विषयमा क्रमश काम गर्दै गर्दा सोचे अनुसार चुनौती नभएको आफूले महशुष गरेको छु ।

श्रीकृष्ण लामिछाने,वडा अध्यक्ष पोखरा महानगरपालिका २८

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

चालु आर्थिक वर्ष २०७९/०८० मा कतिवटा योजनाहरु सम्पन्न भए ? 

चालु आर्थिक वर्ष २०७९/०८० मा नगरपरिषदबाट हाम्रो वडालाई विनियोजित भएको रकम १ करोड ९७ लाख र हामीले विच विचमा महानगरसँग अनुरोध गरेर थप बजेट समेत गरी जम्मा १५ करोड २७ लाख ७५ हजार बजेट सिलिङबाट हाम्रो वडामा वडा स्तरीय र महानगर स्तरीय गरी जम्मा ९० वटा योजनाहरु थिए र एउटा एक लाखको योजना बाहेक सबै योजनाहरु सम्पन्न भएका छन् । महानगरका केही क्रमागत योजनाहरु पनि छन् । माझठाना बेगनास सडक, सुर्केमैदान खराने सडक, गहुँ काट्ने खाने पानी, थाक खाने पानी महानगरका क्रमागत योजनाहरु रहेका छन् । संघिय सरकार अन्तरगत स्याङ.खुदी देखि कंडेल गाउँ सम्मको सडक र स्याङ्खुदी भुर्तेल गाउँ सौर्य सडक २ वटा क्रमागत योजनाहरु रहेका छन् ।

वडावासीको आवश्यकतालाई यहाँले कतिको सम्बोधन गर्नु भएको छ यो एक वर्षमा?

वडावासीको आवश्यकतालाई सम्बोधन गर्ने प्रयास गरेको छु । पोखरा २८ मा मूख्य समस्या भनेकै खानेपानी, यातायात, शिक्षा क्षेत्रमा रहेको र यी क्षेत्रको समस्या समाधानका लागि दिर्घकालिन योजनाहरु सुरुवात गरिएको छ । अझ तपाईलाई भनौ आफूले पदभार ग्रहण गर्दाका दिन निर्णय गरी कार्यन्यन गरेको पहिलो निर्णय आर्थिक रुपमा विपन्न जनताको स्वास्थ्य विमा अहिले पोखरा महानगरका ३३ वटै वडामा सुरु हुँदा आफूलाई गर्व लागेको छ । जनताका कामहरु गरिंदै गइएको छ सबै एक वर्षमा पूरा हुन गारो छ अगामा वर्षमा यस वडाका समस्याहरु समाधानका केही संकेतहरु देखिएका छन जुन जुन सम्मपन भएपछि थाहा पाउनु हुन्छ ।

श्रीकृष्ण लामिछाने, वडा अध्यक्ष, पोखरा २८

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

के कस्ता दिर्घकालिन योजनाको सुरुवात गर्नु भएको छ ? स्पष्ट पारिदिनुन ।

वडामा मूख्य समस्या खाने पानी हो । यसको लागि पोखरा महानगरसँग अनुरोध गरेर थाक खानेपानीको लागि २ करोडको बजेट ल्याउन सफल भएका छौं । थाक खाने पानी नाराका रुपमा मात्र सिमित रहेको जनताको लेभलमा जान नसकेको अवस्थामा यसलाई के कसरी अगाढि बढाउन सकिन्छ भनेर हामीले रुपा गाउँपालिका वडा नं.७ का वडा अध्यक्ष, मादी गाउँपालिका वडा नं.१२ का वडा अध्यक्ष, लगायतका सरोकारवालाहरुको उपस्थितिमा वृहत भेलाको आयोजना पनि ग¥यौं । म आफै थाक खानेपानीको मुहान र पानीको स्रोतको अवलोकन पनि गरे पश्चात थाक खानेपानीको मुहानमा वातावरणीय हिसाबले पानीको शुद्धता हुँदैन कि भन्ने लागेर अहिले नयाँ खानेपानीको परियोजना सुरु गरेका छौं ।

के हो त्यस्तो नयाँ परियोजना ? यसको वारेमा विस्तृत रुपमा बताइदिनुन ।

स्याङ्खुदी वृहत खानेपानी योजना अन्तगरत पम्पिङको प्रविधिबाट वडामा खानेपानीको व्यवस्था गर्ने नयाँ खानेपानीको परियोजनाको सुरुवात र्भैसकेको छ । संघिय खानेपानी तथा ढल व्यवस्था विभाग पानी पोखरी काठमोण्डौबाट विस्तृत परियोजना प्रतिवेदन तयार गरी सर्वे पनि भैसकेको र संघिय सरकारलाई पेश गर्ने अवस्थामा रहेको छ । २ वर्षमा सक्ने लक्ष अनुसार संघिया खानेपानी एकिकृत खानेपानी तथा ढल व्यवस्था विभाग र संघिय खानेपानी व्यवस्था विभागको सहयोग र महानगर र वडाको समन्वयमा अनुमानित रु ४० करोडको लागतमा योजना सम्पन्न गर्ने गरी काम अगाढि बढिसकेको छ । जसमा कुल लागत मध्य १५ प्रतिशत महानगरको योगदान रहनेछ ।

पोखरा महानगर परिषद पनि सम्पन्न भएको छ । यहाँले वडाको योजना तर्जुमा गर्दा कुन कुने क्षेत्रलाई प्राथमिकतामा राख्नु भएको छ ?

मैले पहिला भनि सके पोखरा २८ मा मुख्य समस्या भनेकै पानी, सडक, स्वास्थ्य, शिक्षा भएको र वुद्धिजीवि, नागरीक समाज, राजनितिक दलका प्रतिनिधिहरु सबैको सल्लाह अनुसार नै यीनै क्षेत्रलाई नै प्रमुख प्राथमिकतामा राखिएको छ ।

अहिले पोखराबाट लेखनाथलाई छुट्टाएर साविक लेखनाथ नगरपालिका बनाउनु पर्छ भन्ने आवाज पनि उठेको छ र हस्ताक्षर अभियान पनि सुरु भएको छ , यस सम्बन्धमा यहाँको भनाई के छ ?

श्रीकृष्ण लामिछाने, वडा अध्यक्ष, पोखरा २८

संघिय पूनसंरचना पछि सिंह दरबार घर घरमा भनिएको छ तर हाम्रो महानगरको अवस्थालाई हेर्दा त्यस्तो पाइएको छैन किन कि गण्डकी प्रदेशको राजधानी पोखरामा सबै सरकारी कार्यालयहरु राखिएको छ । पोखरा २८ का वडा वासीहरुले प्रदेशबाट, महानगरबाट गर्नुपर्ने कामहरु पोखरा धाउनु परेको छ जुन पुरै एक दिन लागछ । कमसेकम केही सरकारी कार्यालयहरु , मन्त्रालयहरु लेखनाथको क्षेत्रमा भएको खण्डमा २८ का वडावासीलाई पनि केही सुविधा हुने थियो । पोखरा २८ भनेको लेखनाथ र पोखराको शिमा रहेकाले महानगरले पहिला शिरको विकासका लागि प्राथमिकता दिनु पर्छ । जति लेखनाथको विकास हुनुपर्ने हो त्यति नभएको भएर पनि होला आवाज उठेको यो स्वभाविक हो ।

आ.व.२०७९ / ८० मा लामिछाने गाउँमा रहेको कुल मन्दिरको लागि बजेट विनियोजन गरियो भन्ने आरोप छ , यस सम्बन्धमा स्पष्ट पारिदिनुन ।

कुल मन्दिरको लागि कुनै सरकारी निकायको बजेट परेको छैन । यो मेरो बद्नाम गराउने दुस्प्रचार मात्रै हो । यदी त्यस्तो शंका लाग्छ भने आएर हेर्न सकिन्छ म तपाइलाइ नै देखाउन सक्छु । कुल मन्दिर जुन गर्व पार्कमा छ यसको लागि मन्दिरको कोषबाट र सम्बन्धित व्यक्तिहरुको सहयोगबाट मन्दिरको निर्माण भएको छ जुन प्राविधिक मूल्याङ्कन अनुसार उत्कृष्ट भएको छ । काफलघारीको कलबोर्ट, मादीघाट, धु्रवपुर कालिका मोटरबाटो ढलान प्राविधिक मूल्याङ्कनबाट उत्कृष्ट ठहरिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्