पूर्व राजा ज्ञानेन्द्रको जन्मोत्सवका अवसरमा द्धिप प्रज्वलन

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
लेखनाथ, २४ । पूर्व राजा ज्ञानेन्द्रको शाहको ७७ औं जन्मजयन्तिका अवसरमा द्धिप प्रज्वलन गरिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी पोखरा महानगरपालिका वडा नं.३१ वडा ईर्काको आयोजनामा बेगनासताल बसपार्कमा शनिबार द्धिप प्रज्वलन गरिएको हो ।

उक्त कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सल्लाहकार बलराम तिवारीले सबै राजनितिक पार्टीका कृयाकलाप जनताले देखेको बताउँदै ठूला पार्टीका भ«ष्ट नेताहरुको कारण आज मुलुक यस्तो अवस्थामा आएको बताए । राज्य सञ्चालन सहि तरिकाले गर्ने भनेको एक मात्र राष्ट्रिय प्रजातन्त्र पार्टी भएको बताउँदै विभिन्न पार्टीका कार्यकर्ताहरु र आम नेपाली नागरीकले सोच्ने बेला आएको बताए ।

यसै गरी शिवसेना नेपालका केन्द्रिय उपाध्यक्ष बाबुराम पौडेलले राज्य विदेशीको ईशारामा सञ्चालन गरिएको आरोप लगाए । यो देशको रक्षा गर्ने एक मात्र पार्टी भनेकै राष्ट्रिय प्रजातन्त्र पार्टी भएको जिकिर गर्दै विदेशीको गुलामी नगरी नेपाली नेपाली भएर बाँच्नुपर्नेमा जोड दिए ।

त्यस्तै गरी गत निर्वाचनमा प्रदेश सभा क का उम्मेदबार बाबुराम थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीले नै यो देशको नेतृत्वदायी भुमिक निर्वाह गर्न सक्ने पार्टीको भएको दाबी गर्दै हिन्दु धर्म, संवैधानिक राजतन्क पार्टीका मुल सिद्धान्त भएको बताए ।

त्यस्तै गरी पोखरा ३१ इकाई सभापति प्रकाश तिवारीले नेपालीलाई नक्कली भुटानी बनाएर विदेशमा बेच्ने ठुला पार्टीहरुले देशलाई तहसनहस बनाएको बताउँदै यो देशको राष्ट्रियता बचाउनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता, कार्यकर्ताहरु लागि पर्ने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीले उठाएका मुद्धा हिन्दु धर्मका बारेमा अन्य पार्टीहरुले गलत प्रचार गरेको आरोप लगाए । इकाई सचिव बिरेन्द्र पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्