
लेखनाथ,२८ भदौ । नेपाली नारीको माहान पर्व हरितालिका तिजको अवसर पारेर पोखरा २९ को प्रस्तावित रङशाला भण्डारढिकमा भदौ २७ गते देखि असोज १ गते सम्म प्रथम तिज मेला २०८० संचालन भएको छ ।
भण्डारढीक टोल विकास सस्थाको आयोजना तथा पोखरा महानगरपालिका वडा नं २९ को सहकार्य र विभिन्न सामाजिक संघ सस्थाहरुको सहयोगमा संचालित मेलामा विशेष गरि खुल्ला सेभन ए साईड प्रतियोगिता संचालन गरिएको छ भने मेलाको अन्तिम दिन असोज १ गते बिबिध सास्कृतीक कार्यक्रमका साथ तीज गीत प्रतियोगिता, ठेलो हान्ने प्रतियोगिता, डोरी तान्ने प्रतियोगिता र घैटो फुटाउने प्रतियोगिता आयोजना गरिने भएको हो ।
बुधवार देखि सुरु भएको मेलाको पोखरा महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङले उद्घाटन गरेका हन् । मेलाको मुख्य आकर्षणको रुपमा लिईएको खुल्ला सेभन ए साईड प्रतियोगितामा ४३ वटा टिमको सहभागीता रहेको मेलाका संयोजक तथा आयोजक सस्था भण्डारढीक टोल विकास सस्थाका अध्यक्ष अरुण गुरुङले जानकारी दिएका छन् ।
असोज १ गते हुने अन्तिम खेलमा प्रथम हुने समुहलाई एक लाख ११ हजार एक सय ११ र उप विजेता समुहलाई ५५हजार पाँच सय ५५ साथमा शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।
मेलाको उद्घाटन समारोहमा आदर्श युवा क्लवका सस्थापक अध्यक्ष चेत बहादुर गुरुङ, लेखनाथ निर्माण ब्यवसायी समितिका अध्यक्ष भीम बाहादुर नेपाली, जनप्रकाश माविको तर्फबाट प्रमोद पौडेल, शिवशत्ति आमा समुहकी लक्ष्मी सुनार, टोल बिकास सस्थाको तर्फबाट जिवनदेव पौडेल लगायतले सबैले सल्लाह, सुझाव र सहयोग गरेर मेलालाइृ सफल बनाउनुपर्नेमा जोड दिएका थिए ।