पोखरामा जिल्ला स्तरीय स्क्रयाबल प्रतियोगिता सम्पन्न (फोटो सहित )

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
पोखरा , ३१ भदौ । पोखरा महानगरपालिका फुलबारी स्थित सैनियक आवासिय महाविद्यालयमा जिल्ला स्तरीय स्क्रायबल प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा २१ वटा विद्यालयबाट ४० जना विद्यार्थीहरुको सहभागीता रहको उक्त प्रतियोगिताबाट नोभेम्बर महिनामा सिमरामा हुने राष्ट्रिय स्क्रायबल प्रतियोगितामा सहागीताका लागि १२ जना विद्यागर्थीहरु छनौट भएका छन् । छनौट भएका विद्यार्थीहरु मध्ये हार्वड विद्यालयबाट दिपेन्द्र गुरुङ र सिरियन अधिकारी, बेसलाइन स्कुलबाट प्रेम मगर र साजन पौडेल, एस ओ एस गण्डकीबाट स्मारीका न्यौपाने र सिम्रन अधिकारी चयन भएका छन् । यसै गरी सोही प्रतियोगितामा जुनियर सिटिजन्स एकेडेमीबाट युनिका कार्की र एलिना थापा, डिस्नील्याण्ड एकेडेमीबाट गौरब गिरी, सैनियक आवासिय महाविद्यालयबाट दिपसन पाण्डे, अम्मर सिंह माध्यमिक विद्यालयबाट इसा मल्ल राष्ट्रिय स्क्रायबल प्रतियोगिताका लागि चयन भएका छन् ।
पोखरा पब्लिक पुस्तकालय ; स्क्रायबल क्लब पोखरा र अमेरिकन कर्नरको सहकार्यमा सम्पन्न भएको उक्त प्रतियोगितामा सैनिक आवासिय महाविद्यालयका प्रिन्सिपल राजेन्द्रकुमार लाखे; स्क्रयाबल क्लबका सभापति केशव पाराजुली तथा कास्की संयोजक केशव भट्टराईले छनौट भएका विद्यार्थीहरुलाई बधाई दिंदै संयुक्त रूपमा ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।
तीन वर्ष सम्म लगातार स्क्रायबल च्याम्पियन बनेका गैंडाकोटका अर्नब पाण्डेको समेत उपस्थिती रहको सो कार्यक्रममा स्क्रयाबल खेल गीतका शब्द सर्जक केशव पराजुली र संगीत संयोजक विनोद वानियाँलाई सम्मान गरिएको एस ओस हर्मन माइनर स्कुल गण्डकीका स्क्रायबल क्लबका संयोजक एवम् शिक्षक शर्मीला पौडेलले जानकारी दिइन् ।
बालदिवसका अवसरमा चित्रकला प्रतियोगिता
यसै गरी सोही विद्यालयमा ५९ औं राष्ट्रिय बालदिवसको अवसरमा मावि स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको थियो । जसमा कुमुदिनी होम्स प्रथम; सैनिक आवासीय महाविद्यालय पोखरा द्वितीय; हिल पोइन्ट स्कुल तृतीय; बेसलाइन एकेडेमी र बालकल्याण स्कुल सान्त्वना भएका थिए भने प्रथम , द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई बधाई सहित कलाकार रमेश श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए ।

 

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्