ऋषिराम रानाभाट
पोखरा, १ कातिक । माध्यमिक विद्यालय शिक्षक युनियन हिस्टुन पोखरा महानगरपालिकाले विजया दशमी, दीपावनी, छठपर्व , नेपाल सम्बत लगायतका चाडपर्वको अवसरमा शुभकामना आद प्रदान एवम् चियापान कार्यक्रम बुधबार सम्पन्न गरेको छ ।
कार्यक्रममा हिस्टुन केन्द्रिय महासचिव शंकर तिवारीले नेपालीको महान चाड विजया दशमी, शुभ दीपावली, नेपाल सम्बत, छठ पर्वको शुभकामना व्यक्त गर्दै राज्यले २०४९ देखि तत्कालिन उच्च मा.विका शिक्षकहरुलाई स्थायी प्रकृयामा नलैजानु विडम्बना भएको बताए । हालै शिक्षक महासंघको अगुवाईमा भएको शिक्षकहरुको आन्दोलनका क्रममा भएका सहमतीलाई केही हदसम्म उपलब्धी मान्नु पर्ने बताए । अझै पनि राजनितिक तरलताको कारण शिक्षा ऐन आउने हो कि हैन भन्ने आशंका रहेको समेत उनले बताए ।
हालै नेपाल सरकारले संसदमा दर्ता गरेको शिक्षा ऐनलाई संशोधन गर्नका लागि विशेष गरी प्रमुख राजनितिक दलका मूख्य सचेतकलाई भेटेर शिक्षक विद्येयकमा संशोधन प्रस्ताव दर्ता गर्न आग्रह गरिएको पनि उनले सो अवसरमा जानकारी दिए । हिस्टुनलाई अझ बलियो र सुदु्रढिकरण गर्न सबै शिक्षकहरु एकजुट हुनुपर्नेमा जोड दिए ।
पोखरा महानगर हिस्टुका अध्यक्ष यदुराज पोख्रेल, सल्लाहकार पदम दवाडी, केन्द्रिय सदस्य बेदहरी तिमिल्सिना, केन्द्रिय सदस्य चक्र सुवेदी, माछापुच्छ्रे गाउँपािलकाका प्रतिनिधिहरु लगायतले शुभकामना व्यक्त गर्दै शिक्षकहरुको पेशागत हक हितका मुद्धालाई स्थपीत गर्न स्वयम शिक्षकहरु नै एक जुट भएर संघर्ष गर्नुपर्ने बताए ।
हिस्टुन कास्की जिल्ला उपाध्यक्ष शान्ती भट्टराईले कार्यक्रमको स्वागत गर्दै आफ्नो समस्या आफैले बुझेर समाधान गर्न सबै शिक्षकमहरु एक जुट हुन आग्रह गरीन् । पोखरा महानगर हिस्टुन का अध्यक्ष यदुराज पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको उक्त शुभकामना कार्यक्रम महानगर सचिव सुरेन्द्र अधिकारीले सञ्चालन गरेका थिए ।