लेखनाथ जेसिज सप्ताहन्तमा मैत्रीपुर्ण फुटसल

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ, ११ कार्तीक । सामाजिक क्षेत्रमा उल्लेखिय काम गर्दै आएको लेखनाथ जेसिजको बार्षिक कार्यक्रम अन्तरगत सनिवार देखि राखिएको सप्ताहन्तको पहिलो दिन राखिएको मैत्रीपुणै फुटसल प्रतियोगिताको उपाधी बैकर क्लव लेखनाथले हात पार्न सफल भएको छ ।

जेसिज सप्ताहन्तको पहिलो दिन विभिन्न संध सस्थाहरुसग राखिएको मैत्रीपुर्ण फुटसल प्रतियोगितामा सहभागी आठ टिमलाई पछि पार्दै बैकर क्लव लेखनाथ प्रथम र रोट्रयाक्ट क्लव अफ लेखनाथ उपविजेता हुन सफल भएका हुन् ।


यसैविच जेसिज सप्ताहन्तको दोस्रो दिन पोखरा ३२ को राधाकृष्ण बृद्धश्रममा खाद्यन्न वितरण र तेस्रो दिन नेतृत्व विकासका बारेमा प्रशिक्षण तथा समापनको कार्यक्रम राखिएको मुल संयोजक मौशम वरालले जानकारी दिएका छन् ।

यता सनिवार राखिएको फुटसल प्रतियोतिको उद्घाटन गर्दै लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले जेसिजले विशेष गरि युवाहरुको ब्यत्तित्व विकासका लागि नेतृत्व लिन अग्रसर बनाउनु पर्ने सुझाव राखेका थिए ।

लेखनाथ जेसिजका अध्यक्ष चन्द्रप्रकाश ढु®ानाको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक सेवा केन्द्र लेखनाथका अध्यक्ष कृष्ण प्रसाद अधिकारी,लेखनाथ जेसिजका पुर्व अध्यक्ष विनोद प्रसाद लामिछाने लगाएतले जेसिजले युवाहरुमा केन्द्रित कार्यक्रम ल्याउन सक्नु पर्नेमा जोड दिएका थिए । लेखनाथ जेसिजका महासचिव प्रकाश राईभाटले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य मुल संयोजक मौशम बरालले गरेका थिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्