काग्रेसकै कारण पार्टीले हारेको छ ः कोईराला

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ,१५ कार्तिक । नेपाली काग्रेसका बरिष्ठ नेता डाक्टर शेखर कोईरालाले काग्रेसलाई काग्रेसले नै हराएको दाबी गरेका छन् ।
नेपाली काग्रेस कास्की क्षेत्र न १ को बुधवार भएको प्रथम क्षेत्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेता कोईरालाले जव जव चुनाव आउछ तव काग्रेसहरु सलवलाउदै आफनै पाटीका विरुद्ध वाघी उमेदवार दिने देखि पाटीले उठाएको उमेदवारका विरुद्धमा विपक्षसँग साठगाँठ गर्दै हराउने अभियनमा लाग्दा नै काग्रेस कमजोर भएको बताएका हुन् ।
काग्रेसका विरुद्ध काग्रेस नै लाग्दा देशले गतिलो जनप्रतिनिधी नपाउदा देशको अवस्था पनि कमजोर हुदै गएको तथ्याङ प्रस्तुत गर्दै नेता कोईरालाले अबको निर्वाचनमा तल्लो तह देखि नै काग्रेस एक्लै हिँडेको खण्डमा कसैको केही नलाग्ने उनको दाबी थियो ।
पाटीलाई कमजोर बनाउदा काग्रेस कमजोर हुने र अन्तत्वगत्वा देश नै कमजोर हुने भएकाले अवका दिनमा काग्रेसलाई कसरी शुद्रिकरण गर्न सकिन्छ भन्नेबारेमा चिन्तन गर्दै शिद्धान्तहिन राजनिती नगर्न समेत नेता कार्यकर्तालाई आग्रह गरेका थिए ।
देशमा चरम आर्थीक संकट छ ,जनतामा निरास उत्पन्न भईरहेको समयमा कसरी देशलाई उन्नतीको वाटो तर्फ लान सकिन्छ भन्ने बारेमा चिन्तन नगर्ने कसरी सत्ता प्राप्ती देखि मन्त्री बन्ने र बनाउने होडमा लागिन्छ भने यसले कालान्तरमा देशलाई वेफाईदा गर्ने भएकोले अव हामीहरुले गम्भिर भएर देश र जनताको भावनालाई बुझेर अगाडी वढ्नु पर्ने आवस्यकता छ कोईरालाको भनाई थियो ।
सोही अवसरमा नेपाली काग्रेसका सहमहामन्त्रि जिवन परियारले काग्रेससँग जनताले गरेका आसा र भरोसा हराउदा जादाँ त्यसको प्रभाव राष्ट्रिय राजनितीमा परेकाले अवका दिनमा यसलाई कसरी बचाउन सकिन्छ भन्ने वारेमा सचेत नहुने हो भने काग्रेस केवल ईतिहासको पानामा मात्र सिमित हुने समय आउन सक्ने तर्फ संकेत गरेका थिए ।
कार्यक्रममा नेपाली काग्रेस गण्डकी प्रदेशका सभापति सुक्रराज शर्माले अहिले जनताले किन पाटीको विकल्प खोजिरहेका छन् त भन्ने बारेमा सोच विचार गरेर काग्रेसको विरासतलाई कमजोर बनाउने शक्तिहरु सल्वलाई रहेकाले यसलाई जोगाई राख्नका लागि तल्लो तह देखि उपल्लो तहसम्मका नेताहरु सच्चिनु पर्छ उनेको भनाई रहेको थियो ।
सोही क्रममा नेपाली काग्रेसका केन्द्रिय सदस्य गुरु बरालले काग्रे काहाँबाट कमजोर भएको छ भन्ने सवालमा आत्मसमिक्षा गर्दै राष्ट्रिय राजनितीमा काग्रेसले अरुको साहारा खोज्नु पर्ने अवस्था नभएको विचार राखेका थिए ।
कार्यक्रममा महिला नेत्री सारदा पौडेलले जनताको भावनालाई बुझेर पाटीलाई चुनावका समयमा परिचालन नगरि विकास निर्माणकामा पनि जोड्नु पर्ने सुझाव राखेकी थिईन भने नेपाली काग्रेस गण्डकी प्रदेशकी उप सभापति कल्पना तिवारीले काग्रेसका नेता तथा कार्यकर्ताहरु नै अनुशानको दायारामा नवसेकाले पाटी कमजोर भएको धारणा राखेकी थिइन ।
यसैगरि पुर्व मन्त्रि यज्ञ बहादुर थापाले विपिले प्रतिपादन गरेके शिद्धान्त लागु हुन नसक्दा पाटी कमजोर भएकोले यसलाई बेलैमा सच्यानु पर्ने सझाव राखेका थिए भने कास्की काग्रेसका सभापति किशोरदत्त बरालले गुट बनाएर नेता बन्न त सकिन्छ तर आम जनताको मन जित्न नसकिने तथ्य प्रस्तुत गरेका थिए ।
नेपाली काग्रेस कास्की क्षेत्र नं १ का सभापति राजेन्द्रमणि लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा काग्रेस नेता कृष्ण केशी,पोखरा महानगरपालिका सभापति सुरेन्द्रमान विजुक्छे,मादी गाउपालिकाका अध्यक्ष देवि जंग गुरुङ,गण्डकी प्रदेश सासंद सरस्वती गुरुङ,नेपाली काग्रेस कास्की क्षेत्र नं ३ का सभापति मनोज गुरुङ,प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्साल,नेपाली काग्रेस कास्की क्षेत्र नं १ का सचिव सरोज केशी र क्षेत्रिय उप सभापति दुर्गा सुवेदी लगाएतले आ आफनो भनाई राखेका थिए ।

 


 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्