पोखरा, २७ कात्तिक । नेपाल सरकारले टिकटक बन्द गर्ने निर्णय गरे सँगै सत्ता साझेदारीलका नेताबाटै बिरोध भएको छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा, अर्का महामन्त्री गगन थापाले विरोध गरेका छन् । महामन्त्री शर्माले टिकटक बन्द गर्ने निर्णय फिर्ता लिन फेसबुक मार्फत सरकारलाई आग्रह गरेका छन् । धामिर्कक सहष्णुताको रक्षा समाजको आत्मानुासन र सरकारको सुसासनले हुने हो उनले भनेका छन् । सामाजिक सञ्जाललाई आत्मानुशासनमा ल्याउन छलफल गरी तार्किक निष्कर्ष पहिलाउन आग्रह गर्दै महामन्त्री शर्माले यस्ता सामाजिक द्वेष फैलाउनेलाई पहिचान गरी नियम बनाइ सम्बन्धित व्यक्तिको टिकटक बन्द गर्नुपर्नेमा उनले जोड दिएका छन् । टिकटक मनोरञ्जनको साझा स्टेज बनेको भन्दै शर्माले यसले कलाकारलाई जन्म दिएको र यसबाट सयौंले पैसा कमाएर व्यवसाय प्रवद्र्धन गरेको कुरा उनले आफ्नो फेसबुक मार्फत बताएका छन् ।
नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन थापाले सरकारले टिकटक बन्द गर्ने निर्णय लिएर उल्टो कदम हिँडेको बताएका छन्। सामाजिक सञ्जालमा लेख्दै थापाले सरकार उल्टो हिँडेको बताएका हुन्। उनले यो कदम गलत भएको बताएका छन्।
‘टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको छ। सामाजिक सञ्जालको दुरूपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो,’ उनले लेखेका छन्, ‘यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो।’
यसै गरी नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले सामाजिक सञ्जाल टिकटक रोक्न नहुने बताएका छन्। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले टिकटकलाई बन्द गर्ने निर्णय गरेपछि पौडेलले निरन्तर सञ्चालन गर्न दिनुपर्ने बताएका हुन्। सरकारले सामाजिक सञ्जाल रोक्ने नभई यसको दुरूपयोग हुन नदिन कडाइ गर्नु पर्ने बताएका छन्।
सरकारको निर्णयप्रति प्रतिपक्ष दलहरुले जनाए असहमति
सरकारको टिकटक बन्द गर्ने निर्णयमा प्रमुख प्रतिपक्ष नेकपा एमाले, प्रतिपक्ष दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि असहमति जनाएका छन् ।
एमाले महासचिव शंकर पोखरेलले नियमनका नाममा प्लेटफर्मनै बन्द गर्ने कुरा उचित नभएको बताए । महासचिव पोखरेलले नियमनकारी कानुन बनाउँदा विरोध गर्ने तर नियमनका नाममा छनौट आधारित प्लेटफर्मनै बन्द गर्ने कुरा उचित नभएको टिप्पणी गरेका हुन् ।
यस्तै रास्वपा सभापति रवि लामिछानेले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति व्यङ्ग्य गरेका छन् । उनले सत्ताधारी दलकै कयौँ नेताहरू भ्रष्ट होलान्, के अब पार्टीनै बन्द गरिदिने हो त भन्दै व्यङ्ग्य गरेका हुन् ।
सभापति लामिछानेले आजको युग सोसियल मिडियाको विकल्प सुधारिएको सोसियल मिडिया रहेको पनि दाबी गरे ।
यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले टिकटकमाथिको प्रतिबन्ध अनुचित र अनुपयुक्त भएको टिप्पणी गरे । उनले यो निर्णय निरंकुशताको बाटो भएको समेत उल्लेख गरेका छन् ।
अध्यक्ष लिङ्देनले टिकटकमाथिको प्रतिबन्ध अविलम्ब फिर्ता गर्न माग गरेका छन् ।