पोखरा २९ अपाङ्गता मैत्री समाज दृष्टीबिहीन आश्रममा आगलागी(फोटो सहित)

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
लेखनाथ, ३० कात्तिक । पोखरा महानगरपालिका वडा नं.२९ घोतघोतेमा रहेको अपाङ्गता मैत्री समाज दुष्टीबिहिन आश्रममा आगलागी भएको छ ।
बुधबार राती करिब ९ बजेको समयमा अचानक लागेको आगो ३ वटा दमकलको सहयोगले राती करिब २ बजे आगो नियन्त्रणमा आएको आश्रम सञ्चालक शुशिल गोदारले बताए ।
आगलागी हुँदा टिनले छाएको ५ कोठे घर पूर्ण रुपमा जलेको छ । आगलागीबाट नगद रु ८ लाख ५० हजार मध्ये ७ लाख पचास हजार जलेर नष्ट भएको आश्रम सञ्चालक शुशिल गोदारले जानकारी दिए । यसै गरी आश्रममा बसोबास गर्ने ७ जना व्यक्तिको करिब रु १ लाख २० हजार नगद जलेर नष्ट भएको गोदारले बताए ।
“अरु सबै साथीहरु देउसी भैलो खेल्न गएको बेलामा आश्रममा म एकलै भएको अवस्थामा अचानक आगलागी भएको” व्हिल चियर प्रयोग गर्ने रमेश परियारले बताए । आफ्नो टाउकाको केही भाग जलेको र ज्यान बचाउन खोज्दा लडेर शरीरमा सामान्य चोट लागेको परियारले बताए ।
यसै गरी आगलागीबाट कि बोर्ड, मादल, ३० थान बिस्तारा, लत्ता कपडा, जुत्ता, चप्पल, एउटा फ्रिज, १२ वटा सुत्ने खाट, कुर्सी, टेबल, सोकेश, ५ वटा मोडा, ३ वटा टिनका बाकस लगायतका जिन्सी सामानहरु जलेर जष्ट भएको शुशिल गोदारले जानकारी दिए ।
यसै गरी बिक्रीको लागि स्टोर कोठामा राखिएका अगरबत्ती, कपुर , पेन्सिल, कलम, फिनेल, हर्पेक, सरफ, क्लिप, जाली, पिताम्बरी, काइयो , नङ कट, अबिर केसरी, कापी, मैनबत्ती, चप्पल बनाउने मेशिन र सामग्री गरी करिब ३४ लाख बराबरको क्षती भएको आश्रम सञ्चालक गोदारले बताए ।
आफूहरुले प्रयोग गर्दै आएको दैनिक सामानहरु पूर्ण रुपमा जलेर नष्ट भएकाले आफूहरुसँग केही पनि नबचेको गोदारले बताए । अहिले तत्कालको लागि रासन, दैनिक रुपमा प्रयोग गर्नुपर्ने भाँडा , डसना, सिरकको आवश्यकता भएको पनि उनले बताए । २०७४ साल देखि सञ्चालन गरिएको अपाङ्गगता मैत्री समाज दुष्टीबिहिन आश्रममा ३० जना अपाङ्गहरु बसोबास गर्दै आएका छन् ।
नागरिक परोपकार समन्वय सस्थाबाट सहयोग
नागरिक परोपकार समन्वय सस्था कास्कीले तत्काल राहतको लागि म्याट, खाध्यान्न सामग्री, त्रिपाल, लगाउने कपडा हस्तान्तरण गरेको छ ।
नागरीक परोपकार समन्वय संस्थाका पदाधिकारीहरु, वडा नं.३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदी लगायतको उपस्थितीमा उक्त सामानहरु हस्तान्तरण गरिएको नागरीक परोपकार समन्वय संस्थाका अध्यक्ष चिरञ्जिवी तिवारीले बताए । यस्तो विपत परेको बेलामा आवश्यक सहयोग गर्न विभिन्न सामाजिक संस्थाहरु, व्यक्ति विशेषलाई अध्यक्ष तिवारीले आग्रह गरेका छन् ।

https://www.facebook.com/gaulemedia/videos/656471456663367

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्