कविता प्रतियोगितामा वर्षा प्रथम

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
पोखरा, १९ साउन । पोखरा महानगरपालिका वडा नं.२८ माझठाना स्थित रत्नशोभा माध्यमिक विद्यालयमा आयोजना गरिएको कविता प्रतियोगितामा कक्षा ८ की छात्रा वर्षा सुनार प्रथम भएकी छिन् । शैक्षिक कार्यपात्रो अनुसार कक्षा ६ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुबिच आयोजना गरिएको उक्त प्रतियोगितामा कक्षा ९ का विजय भुर्तेल द्धितिय, कक्षा ८ का एलन गुरुङ तृतीय भएका छन् ।
यसै गरी कक्षा १ देखि कक्षा ३ सम्म भएको कुर्चि दौड प्रतियोगितामा समृद्धि नेपाली प्रथम, आर्वि अधिकारी द्धितीय र सबिना तामाङ तृतीय भएका छन् । यसै गरी कक्षा ४ र ५ बिच भएको कुर्चि दौड प्रतियोगितामा सुलब अधिकारी प्रथम, बिक्रम अधिकारी द्धितीय र ऋतु परियार तृतीय भएको कुरा शिक्षक यदुनाथ पाण्डेले जानकारी दिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक किरणबाबु न्यौपानेले विद्यालयको शैक्षिक कार्यपात्रो अनुसार अतिरिक्त क्रियाकलाप अन्तरगत विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रफुस्टन गराउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । यस्ता कार्यक्रमले विद्यार्थीहरु बिच प्रतिष्पर्धाको बाताबरण सिर्जना हुने र विद्यार्थीको क्षमताको विकास हुने हुँदा अतिरिक्त क्रियाकलापमा सहभागी हुन विद्यार्थीहरुलाई आग्रह गर्दै प्रतियोगितामा सफल हुने विद्यार्थीहरुलाई बधाइ दिएका थिए ।
त्यस्तै गरी निवर्तमान प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकीले यस्ता अतिरिक्त क्रियाकलाप विगतका वर्षहरुमा पनि गरिंदै आएको र यस वर्ष पनि शैक्षिक कार्यपात्रो अनुसार कार्यक्रम सञ्चालन गरिएको बताउँदै आगामी दिनमा कार्यक्रमहरुमा सक्रिय सहभागीताका लागि विद्यार्थीहरुलाई आग्रह गरे ।
कक्षा ६–८ इन्चार्ज शिक्षक पूर्ण बहादुर खत्रीले सञ्चालन गरेको कार्यक्रममा निर्णायक मन्डलका संयोजक गोपी मायाँ गुरुङले प्रतियोगिता सम्बान्धि नियमहरुका स्पष्ट पारेकी थिइन भने नरेश अधिकारी र सरिता पौडेल अधिकारी निर्णायक मण्डलका सदस्यहरु रहेको शिक्षक पाण्डेले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्