पोखरा । पोखरा महानगरपालिका वडा नं २७ रिठेपानीमा रहेको राइजिङ्ग स्टार युथ क्लवले आयोजना गरेको २३ औं खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । खुल्ला रक्तदानमा ७८ युनिट रगत संकलन भएको छ ।
क्लवको वार्षिक कार्यक्रम अन्र्तगत शनिवार सम्पन्न भएको कार्यक्रममा पहिलो रक्तदाता जितेन्द्र क्षेत्रीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले हरेक तीन तीन महिनामा खेर जाने रगतलाई संकलन गरेर कसैको जीवन रक्षामा सहयोग पुग्ने हँँदा रक्तदान महादान मानिएको वताए । युवाहरुले समाज परिवर्तनका लागि उदाहरणीय काम गरेर देखाएकोमा क्लवको प्रशंसा गर्दै स्थानीय स्तरको विकास निर्माणमा पनि युवाको साथ सहयोगको अपेक्षा गरे ।
क्लवका अध्यक्ष यमप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ क्लवका अध्यक्ष बालगोपाल श्रेष्ठ,प्रगतिचोक आमा समाज अध्यक्ष देवी गुरुङ कार्यक्रम संयोजक ईश्वरबहादुर खत्री लगायतले रक्तदानको महत्व र उपयोगिताका बारेमा जानकारी गराएका थिए ।
क्लवका उपाध्यक्ष अनिल गुरुङले स्वागत गरेको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २६ का वडाध्यक्ष नरेन्द्र थापा,लेखनाथ पत्रकार मञ्चका संस्थापक अध्यक्ष भीमपाणि बराल, सचिव विष्णुहरि पौडेल,लिटल फ्लावर विद्यालयका सञ्चालक समितिका अध्यक्ष देवी खड्का,प्रिन्सिपल विकल पौडेल,नागरिक समाज कास्कीका अध्यक्ष रामबहादुर पौडेल,पूर्व न्यायाधिश बासुदेव न्यौपाने ,सनराइज क्लवका अध्यक्ष सूर्यनाथ न्यौपाने, रिठेपानी स्थित टोल सुधार समितिका अध्यक्षहरु,भूपू सैनिक क्लवका अध्यक्ष सुवेदार नरबहादुर गुरुङ लगायतको उपस्थिति रहेको कार्यक्रमका वक्ताहरुले रक्तदानको आयोजना गरेकामा क्लवलाई धन्यवाद दिएका थिए ।
क्लवका उपाध्यक्ष अनिल गुरुङले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव अर्जुन सापकोटाले गरेका थिए। कार्यक्रम सम्पन्न गर्न क्लवका निवर्तमान अध्यक्ष विष्णुप्रसाद गुरुङ, शुभचिन्तक हिमाल गुरुङ लगायतका युवाहरुको विशेष योगदान रहेको थियो भने रक्तसंचार केन्द्र पोखराको प्राविधिक सहयोग रहेको थियो ।