पोखरा, ९ असोज । लायन्स क्लब अफ पोखरा बाराही टाउनले आफ्नो छैटौं स्थापना दिवस मनाएको छ ।
अन्तराष्ट्रिय लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तरगत रहेको कलबले पोखरा–२३, ठुलाखेतस्थित सिद्वबराह आधारभुत बिधालयका विद्यार्थीहरुलाई स्टेसनरी सामग्री, स्कूल ब्याग र ड्रेस वितरण गरी स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसका अवसरमा डिष्ट्रिक गभर्नर बिनोद ढुंगानाले महिला मात्र सदस्यहरु रहेको क्लब बाराही टाउनले बिगत ५ बर्ष देखि सामाजिक एवं मानवीय सेवाका क्षेत्रमा योगदान पु¥याउँदै आएको स्मरण गर्दै गभर्नर ढुंगानाले आगामि दिनमा पनि सामाजिक क्षेत्रमा अझै परिष्कृत ढंगले सेवाका कार्य गर्दै जानेमा आफू विश्वस्त रहेको बताए ।
यसै गरी क्लबका संस्थापक अध्यक्ष एवं लायन वर्ष २०२४÷२५ का डिष्ट्रिक्ट एम्बासडर कृष्ण श्रेष्ठ (रोजी)ले क्लब स्थापना गर्दाका आफ्नो अनुभव सुनाउदै क्लब मार्फत विभिन्न सामाजिक क्षेत्रमा सेवाका कार्य गर्दा आनन्द महशुष हुने बताइन् । क्लबले प्रत्येक वर्ष स्थापना दिवसको दिनमा यस बिधालयमा अध्ययनरत विद्यार्थीहरुको लागि स्टेसनरी, स्कूल ब्याग तथा ड्रेस बितरण गरी क्लबको चार्टर डे मनाउँदै आएको बताईन् ।
कार्यक्रममा शैलेन्द्रमोहन भट्टराई, हरिराज पन्त, शान्ता थापा, ऋषि गिरी, टंकराज अधिकारी, सूर्य चापागाई, युवराज खनाल लगायत डिष्ट्रिकका सिनियर लिडरहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा संस्थापक अध्यक्ष श्रेष्ठ लाई क्लबका तर्फबाट बिशेष सम्मान गरिएको थियो भने क्लबका सदस्यहरुलाई मायाको चिनोद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा बिधालयका प्रधानाध्यापक डिलकुमारी पराजुलीले महानगर भित्र रहेर पनि पिछडिएिको यस क्षेत्रको स्कूलमा बिधालय भवनको रंगरोगनदेखि लिएर बिधार्थीलाई स्कूल झोला ड्रेस कपि कलम उपलब्ध गराएकोमा लायन्स क्लब बाराही टाउन साक्षात भगवानको रूप आएको महशुष गरेको भनाई राख्दै सहयोगी मनहरूप्रति आभार सहित धन्यवाद व्यक्त गरेकी थिईन् ।
क्लबका सचिव रिता थापाको संचालनमा रहेको उक्त कार्यक्रममा क्लबका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको थियो भने क्लबका अध्यक्ष चन्द्र नगरकोटीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको क्लबका संस्थापक अध्यक्ष कृष्ण श्रेष्ठ (रोजी)ले जानकारी दिइन् ।