लेखनाथ ।
लेखनाथ सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा १ दिने साईवर अपराध तथा वैकिङ्ग कसुर सम्वन्धि कानुनी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
पुल्चोक बगादी बिरौटा टोल बिकास संस्था र चेतनशिल आमा समुहको सहकार्र्यमा समपन्न भएको कार्यक्रममा वोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङले केन्द्रले लागु औषध दुर्वेसन तथा समाज परिवर्तनका क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै अझ यसलाई निर्मुल पार्न सवै अग्रसर भएर लाग्नुपर्नेमा जोड दिए ।
सोहि कार्यक्रममा केन्द्रका संस्थापक अध्यक्ष मोति गिरी, पुलचोक पट्नेरी टोल विकास संस्थाका अध्यक्ष वल वहादुर विक लगाएतले विकृती र विसंगती रहित सभ्य समाजको निर्माणमा सरोकारवाला सबैले धइान दिनुपर्ने बताए ।
केन्द्रका उपाध्यष कृष्ण सुवेदी स्वागत एवम् कार्यक्रम माथि प्रकाश पारेका थिए । मन्तव्य उपाध्यक्ष कृष्ण सुवेदी र कार्यक्रमको सञ्चालन सह सचिव कृष्ण रिजालले गरेका थिए भने सेवाकेन्द्रका सदस्य सन्तोष कर्कालीले कार्यक्रममाथि प्रकाश पारेका थिए ।
ईलाका प्रहरी कार्यलय डाडानाकका ईन्पेक्टर हरि सलामीले प्रशिक्षण दिएका थिए भने संस्थाकी अध्यक्ष गंगा कुमारी खनालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।