सृजना बहिरा स्कुलमा अक्षयकोष स्थापना

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ, १४ असोज । पोखरा महानगरपालिका वडा नं २६ मा रहेको सिर्जना बहिरा आवासिय माविका विद्यार्थीहरुको शौक्षीक विकासमा सहयोग पुग्ने उद्धेश्यले एक लाख वरावराको अक्षयकोषको स्थापना गरिएको छ ।

पुरानो घर पर्वत भई हाल पोखरा महानगरपालिका वडा नं १० अंमरसिहचोकका निवासी पुर्व वेलायती सेना गुमान सिह गुरुङ र उनकै भाई झमान सिंह गुरुङले स्वर्गीय वल बहादुर क्षेत्रीको स्मृतीमा एक लाखको अक्षयकोषको स्थापना गरेका हुन् ।

आफनो घरमा वर्षै देखि वसोवास गर्दै आएका स्वर्गीय क्षेत्री वहिरा भएकाले उनेको सम्झनामा वहिरा विद्यार्थीहरुकै लागि सहयोग गरौं भन्ने उदेस्यले गुरुङ परिवारले सिर्जना वहिरा स्कुलमा अक्षयकोष स्थापना गरेको वताईएको छ ।

वेलायतमा रहेका गुमानसिह गुरुङले नेपाल आएको समयमा अक्षयकोषका लागि एक कार्यक्रमका विच विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रकाशलाल श्रेष्ठ र प्रधानाध्यापक सुनिल भण्डारीलाई उत्त रकम हस्तान्त्रण गरेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्