डायमण्ड माविमा सातौं रनिङ शिल्ड सुरु

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ, १५ असोज ।
पोखरा महानगरपालिका वडा नं. २७ तालचोक स्थित डायमण्ड माध्यमिक विद्यालयमा सातौँ डायमण्ड रनिङ शिल्ड खेलकुद प्रतियोगिता मङ्गलबारबाट सुरु भएको छ ।
खेलकुदका माध्यमबाट कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरुको सीप तथा क्षमता अविवृद्धि गराउने उद्देश्यले खेलकुद प्रतियोगिता संचालन गरिएको विद्यालयका निर्देशक माधवशरण उपाध्यायले बताए । कार्यक्रममा प्रमुख अतिथि हंसपुर इलाका प्रहरी कार्यालय डाँडाकोनाकका प्रहरी नायब उपरीक्षक श्रवण कुमार वि.क.ले खेलकुद शारीरिक तथा मानसिक स्वास्थ्यका लागि महत्त्वपूर्ण भएको बताए । अनुशासनको पालना गर्न र लेखनाथमा शान्ति सुरक्षा कायम गर्नका लागि विद्यालय तथा विद्यार्थीहरूको तर्फबाट पनि सामिप्यता तथा सहकार्य रहने विश्वास व्यक्त गर्दै प्रहरी नायब उपरीक्षक विकले खेलकुद कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे ।
विद्यालयका संस्थापक प्रिन्सिपल यमबहादुर रोकाले ४ दिन सम्म सञ्चालन हुने खेलकुद कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन शिक्षकहरु, कर्मचारीहरु विद्यार्थीहरु लगायत अभिभभावहरु सबैको सहयोगको अपेक्षा गर्दै खेलकुद कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गरे ।
त्यस्तै कार्यक्रममा व्यवस्थापक प्रमुख हरिप्रसाद लामिछाने, सल्लाहकार समितिका सदस्य संजीव थापा, प्लस टु इनचार्ज शिव लामिछाने, रवि अधिकारी,अतिरिक्त क्रियाकलाप प्रमुख अनिल गुरुङ्ग, विद्यालय इन्चार्ज विकास लामिछाने, काउनसेलर दिनेश शर्मा लगायतको उपस्थिति रहेको थियो।
सातौँ डायमण्ड रनिङशिल्ड खेलकुद प्रतियोगिताको पहिलो दिन मङ्गलबार छात्र तर्फ सेभेन ए साइड फुटबल, छात्र र छात्रा तर्फ भलिवल, क्रिकेट, टेबल टेनिस लगायतका खेलहरु भएको खेलकुद शिक्षक सुभाष तामाङले जानकारी दिए । खेलकुद प्रतियोगिता यहि असोज १९ गतेसम्म संचालन हुने बताईएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्