नागरिक परोपकार समन्वय संस्था कास्कीको सरसफाइ तथा सचेतना कार्यक्रम

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ, १९ असोज ।
नागरिक परोपकार समन्वय सस्था कास्कीले चाडबाड अबसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। संस्थाले सरसफाइ कार्यक्रम पोखरा ३० मा रहेको शिशुवा अस्पताल , सन्क्रामक तथा सरुवा रोग अस्पताल र आफ्नै कार्यालय परिसरमा सरसफाइ गरेको हो ।
सरसफाइ कार्यक्रम बिहान ७ बजे देखि शिशुवा अस्पताल बाट शुरु गरी अस्पताल वरिपरी जथाभावी रुपमा फालीएका फोहोर , म्याद गुज्रेका औषधि र सुइहरु संकलन गरी व्यवस्थापन गरिएको संस्थाका सचिब शिबराज सुबेदीले जानकारी दिए । सामान्य सस्थाहरुको पहलमा मात्रै सफा गर्नै नसकिने अबस्थामा फोहोर चारैतिर फालिएको थियो। पानीले भरिएका भाडाहरुमा लामखुट्टेहरु बथानै देखिएका थिए । झाडी र फोहोरमा रहेका लामखुट्टेले विभिन्न किसिमका रोगहरु सार्न सक्ने भएकाले आफ्नो घर वरिपरी टोलवासीले नै सफा गर्नुपर्ने सचिव सुवेदीले बताए ।
सरसफाई कार्यक्रममा सस्थाका सदस्यहरु सहित काठमाडौंका सरसफाइ अभियन्ता मिलन अधिकारीको सहभागीता रहेको संस्थाका उपाध्यक्ष इन्द्रबिलास जमरकट्टेलले बताए । अस्पतालको परिसरमा सरसफाइ गर्न अस्पताल प्रशासनको ध्यान जान जरुरी रहेको देखिन्छ । सरसफाइ अभियनताहरुले बताए । सम्बन्धित निकायको ध्यान नगए उपचारमा रहेका बिरामी र कर्मचारीलाई नै संक्रमण हुने देखिन्छ ।

यसै गरी प्रादेसिक सन्क्रामक तथा सरुवा रोग अस्पताल पोखरा ३० मोहोरिया वरिपरी सरसफाइ गरिएको थियो । उक्त अस्पतालको परिसरको सरसफाइमा अस्पताल प्रमुख र निर्देसक डा. बिकास गौचन र ब्यबस्थापन समितिका अध्यक्ष ऋषिराम जमरकट्टेल सहभागी भएका थिए । सरसफाइ अभियानमा अस्पतालले निकै समन्वयकारी भुमिका खेलेको कार्यालय प्रमुख मनिष घिमिरेले बताए । अस्पताल परिसरमा खासै त्यस्तो फोहोर र दुर्गन्ध देखियको थिएन । कार्यक्रममा निर्देसक डा. बिकास गौचनले बिमा कार्यक्रम लागू भयको र अब ब्लड बैंक समेत सन्चालन हुने जानाकारी गराए । यस्तै पोखरा महानगरपालिका वडा नं.३० मा रहेको सस्थाको भबन वरिपरि सरसफाइ गरि सरसफाइ कार्यक्रम सम्पन्न भएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्