लेखनाथ, २० असोज ।
पोखरा महानगरपालिका वडा नं.३१ स्थित रानाभाट / भाट समाज इकाईको दोस्रो वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।
साधारण सभालाई सम्बोध गर्दै जिल्ला कार्यसमितिका सदस्य एवम् समाजका सल्लाहकार भुपेन्द्र बहादुर रानाभाटले आफ्नो जातिय पहिचानको लागि विभिन्न क्षेत्रमा रहेर बसोबास गर्ने रानाभाटहरु एकजुट हुनुपर्नेमा जोड दिए । नेपाल सरकारले जनगणनामा रानाभाटलाई सुचिकृत नगरेको प्रति संकेत गर्दै सल्लाहकार रानाभाटले आगामी हुने जनगणनमा रानाभाटलाई सुचिकृत गर्न नेपालभरका इकाईहरु, जिल्ला , क्षेत्र र केन्द्र समेत मिलेर सरकारलाई दबाद दिनुपर्ने बताए ।
यसै गरी जिल्लाका पूर्व उपाध्यक्ष एवम् इकाईका सल्लाहकार ऋषिराम रानाभाट, इकाईका सदस्य गंगाराम रानाभाट लगायतले विजया दशमीको शुभकामना व्यक्त गर्दै समाजका बारेमा आफ्नो धारणा राखेका थिए ।
समाजका कार्यसमितिका पदाधिकारीहरु, सल्लाहकारहरुको उपस्थिति रहेको कार्यक्रम इकाईका अध्यक्ष सम्मर बहादुर रानाभाटको अध्यक्षतामा सम्पन्न भएको थियो भने अध्यक्षको प्रतिवेदन, सचिव महेश रानाभाटको प्रतिवेदन र कोषाध्यक्ष राजन रानाभाटको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको थियो ।
समाजका सचिव महेश रानाभाटले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष सरस्वती रानाभाटले स्वागत एवम् कार्यक्रममाथि प्रकाश पारेकी थिइन् ।
२०८० फागनु ८ गते विधिवत रुपमा दर्ता भएको समाजमा ८२ जना सदस्यहरु रहेका छन् ।