संसदमा ३ वटा आर्थिक विधेयक पेश

  • ख-
  • ख+

काठमाण्डौ, २० जेठ ।
अर्थमन्त्री युवराज खतिवडाले बजेटसँग सम्बन्धित विभिन्न ३ वटा विधेयक प्रतिनिधिसभामा आज पेश गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री खतिवडाले विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक बाईसौं संशोधन पेश गर्नुभएको हो । ती विधेयकमाथि भोलीबाट दफावार छलफल शुरु हुने संघीय संसद सचिवालयले जनाएको छ । संसदले सबै विधेयक पारित गर्दै आर्थिक बर्ष शुरु भएसँगै पूर्ण बजेट कार्यान्वयनमा ल्याउने तयारी गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्