आर्थिक रुपान्तरणले मात्र विकास सम्भव हुने अर्थमन्त्री खतिवडाको दाबी

  • ख-
  • ख+

पोखरा, ५ पुष ।
नेपाल सरकारका अर्थ मन्त्री डा. युवराज खतिवडाले आर्थिक रुपान्तरणबाट मात्र देशको विकास सम्भव हुने बताए । विहिवारदेखि कास्कीको लेखनाथमा सुरु भएको १५ औं संस्करणको लेखनाथ महोत्सवको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले राष्ट्रिय अर्थतन्त्रलाई वलियो बनाएर गरिने विकास निर्माणका काम फलदायी र प्रभावकारी हुने भएकाले सरकार विकास निर्माण सँगसगै आर्थिक रुपान्तरणका योजना लिएर अगाडि वढेको बताए ।
युवाहरुलाई उत्पादनसँग जोडेर स्वदेशमा नै रोजगारीका अवसरहरु सृजना गर्नका लागि सरकार वैदेशिक रोजगारबाट फर्किएका युवा, उद्धमी महिला, शैक्षिक प्रमाण पत्रको आधारमा सरल कर्जाको ऋण प्रवाह, सीप र नयाँ नयाँ प्रविधिको विकास लगाएतका कार्यक्रम मार्फत अगाडी वढेको जानकारी गराउदै अर्थमन्त्री खतिवडाले महोत्सवले आयातीत वस्तुलाई कम र स्थानीय उत्पादनलाई बढी प्रथामिकता दिनु पर्ने सुझाव राखेका थिए ।
देश निर्माणको मेरुदण्ड अर्थतन्त्र भएकाले अर्थतन्त्रलाई बलियो बनाउन पर्यटन विकास महत्वपुर्ण पक्ष हो त्यसैले सरकार अवको १० बर्षमा ५० लाख पर्यटक भित्राउने योजना सहित अगाडि वढेको र सरकारको लक्ष अनुसार पर्यटकले उपभोग गर्ने बस्तु तथा सेवाले एक पर्यटक वरावर दुई जनाले रोजगार पाउन सक्ने हाम्रो अनुमान छ अर्थमन्त्री खतिवडाको भनाई रहेको थियो ।
निर्माणाधिन पोखरा क्षेत्रीय विमानस्थल र लुिम्बनी अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य तिव्रताका साथ अगाडि वढेको जानकारी गराउदै निर्धारित समयमा नै निर्माणकार्य सम्पन्न भए पछि पर्यटन आगमनमा बृद्धि हुनेमा सरकार विस्वस्त रहेको बताए । आर्थिक क्रियाकलाप बढदै जाँदा देशको अर्थतन्त्र पनि उच्च आर्थिक बृद्धि तर्फ अग्रसर भएको बताउदै अर्थमन्त्री अतिवडाले केही क्षेत्रमा अल्पकालीन समस्या देखिए पनि सुधारोन्मुख अवस्थामा रहेको छ र केही समयमा परिपूर्ण हुने विश्वास दिलाएका थिए ।
आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा पुर्व स्वस्थ्य मन्त्री खगराज अधिकारी, नेपाल उद्योग बाणिज्य संघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, महासंघका पुर्व अध्यक्ष आनन्दराज मुल्मी लगाएतले यस प्रकारका मेला महोत्सवले आर्थिक, समाजिक,कृर्षि र पर्यटनको विकासमा टेवा पु¥याउने धारणा राखेका थिए । पुस १६ गते सम्म संचालन हुने महोत्सवमा करीव तीन लाख दर्शकले मेलाको अवलोकन गर्ने र करीव १५ देखि २० करोड वरावरको आर्थिक कारोवार हुने अपेक्षा गरिएको छ । महोत्सव उद्घाटन पुर्व एकता र सद्भावको सन्देश दिन विभिन्न जात जातिका संस्कृति झल्कने गरी झाकी ¥याली समेत प्रर्दशन गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्