भगवती बजारमा माघे सङ्क्रान्ति मेला हुने

  • ख-
  • ख+

लेखनाथ, १७ पुष ।
मादी गाउँपालिका ११ अन्तर्गत भगवती बजारमा माघे सङ्क्रान्तिको अवसरमा मेला हुने भएको छ । बराल डाँडा तमु समाज सेवा समितिको अगुवाइ र बराल डाँडा समाज युके साथै बराल डाँडामा मूल थलो भइ स्वदेश तथा विदेशमा वसोवास गर्ने समाजसेवीहरुको सहयोगमा यही पुष ३० गते देखि माघ २ गते सम्म मेलाको आयोजना गरिएको सचिव ज्ञान बहादुर कार्कीले जानकारी दिए ।

मेलाको माध्यमबाट ग्रामिण पर्यटनको विकास , स्थानिय उत्पादनको प्रबद्र्धन र स्थानियहरुको प्रतिभा उजागर गर्ने मेलाको मूख्ये उद्धेश्य रहेको आयोजकको भनाइ रहेको छ । मेलामा विद्यालय स्तरीय सामुहिक लोक नृत्य प्रतियोगिताको पनि आयोजना गरिएको सचिव कार्कीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी