खेलकुुद

आहा रारा गोल्डकपको उपाधि थ्रीस्टारलाई

Spread the love

पोखरा, १९ फागुन ।
दुई पटक पछि परेको अवस्थालाई उल्ट्याउँदै रुस्लान थ्रीस्टारले १७ औ आहा रारा गोल्डकपको उपाधि जितेको छ । थ्रीस्टारले आर्मीलाई पेनाल्टी सुटआउट (सडन डेथ)मा पराजित गर्दै पाचौं पटक आहा रारा गोल्डकपको उपाधि उचालेको छ । निर्धा्रित र थपिएको समयमा २–२ ले टुंगिएको अवस्थामा थ्रीस्टारले सडन डेथमा पराजित ग¥यो ।
५–५ पेनाल्टीमा ४–४ गोल भएपछि सडन डेथमा पुग्यो । सडन डेथमा विकास खवासको पेनाल्टीलाई थ्रीस्टारका गोलरक्षक एलन न्यौपानेले जोगाउँदै उपाधि उचाल्ने ढोका खोले । थ्रीस्टारका मिचेन तामाङको पेनाल्टी गोल भएपछि थ्रीस्टारले विजयी भयो । विजयी खेलाडी तथा टिमलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिब केशबबहादुर विष्ट, लुम्बिनि विकास बैंकका पुर्व अध्यक्ष शुषिल राज पराजुली लगाएतले पुरस्का वितरण गरेका थिए ।

Related Articles

Close