राशिफल

आजको राशिफल : बि.स.२०७४ कार्तिक २० गते । सोमबार । ईश्वी सन् २०१७ नोभेम्बर ०६ तारिख । नेपाल सम्बत् ११३८ ।

Spread the love

बि.स.२०७४ कार्तिक २० गते । सोमबार । ईश्वी सन् २०१७ नोभेम्बर ०६ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९३९ । मार्ग कृष्ण पक्ष । तिथि द्धितिया ०२ घडी ४२ पला,बिहान ०७ बजेर २४ मिनेट उप्रान्त तृतिया । नक्षत्र रोहिण ४५ घडि १८ पला । योग परिध ४५ घडि ३६ पला,रातको १२ बजेर ३३ मिनेट उप्रान्त शिव । करण गर,बिहान ०७ बजेर २४ मिनेट उप्रान्त वणिज,बेलुका ०६ बजेर १६ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा प्रवद्र्ध्र योग । चन्द्रराशि बृष ।

सर्वार्थसिद्धि योग १८:१६ बजेसम्म र २९:०७ बजेदेखि। बृहस्पति पूर्वमा १६:२२ बजे उदय।

काठमाडौंमा सूर्योदय ६ बजेर १९ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर १५ मिनेट जादा । दिनमान २७ घडी २० पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययन तथा अनुशन्धनको क्षेत्रमा दिईएको समयबाट राम्रो तथा परिणाममुखि नतिजा हात लाग्ने हुँदा मन प्रशन्न रहनेछ । सानो प्रयत्नले महत्वपुर्ण कामहरु बन्नेछन् भने बोलेरै मनग्गे आम्दानि गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग मिलेर गरिने पेशा व्यावसाय फस्टाएर जाने हुँनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । पारिवारिक माहोलामा जमघट भई मिठो मसिनो खाने अवसर जुर्ने हुँनाले मन पशन्न रहनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले आर्थिक स्थिति सुदृड बनाउँन सकिनेछ ।

शुभ अंक — १,९ शुभ दिशा — पश्चिम

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ गजाननाय नम

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) समाजमा प्रतिष्ठित काम गरेपनि बिपक्षहरु मान सम्मान तथा ईज्जत प्रतिष्ठामा गिराउन लागि पर्नेछन् । व्यापार व्यावसायमा प्रसस्त समय खर्चिय पनि भने जस्तो आम्दानि नहुने हुनाले आर्थिक ब्याबस्थापन गर्न कठिन हुँनेछ । खानपानमा ध्यान नदिय स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले कमजोर रहनेछ भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । आफन्तजन तथा घर भित्रकै मानिसबाट धोका हुन सक्छ सजक भएर काम गर्नुहोला । समयको ख्याल गरेर मात्र अगाडि बड्नु होला किनकि काममा बाधा तथा अरुभन्दा पछि परिने सम्भावना रहेकोछ ।

शुभ अंक — २,५ शुभ दिशा — उत्तर

शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) पढाई लेखाईमा सन्तोषजनक सुधार भएर जानेछ भने प्रतिश्पर्धामा अलि बढि मेहनेत गर्दा प्रतिश्पर्धिहरुलाई हराउँन सकिनेछ । स्वास्थ्यमा सुधार भएर जाने तथा पुरानो रोगहरु केहि भए अलि बिसेक हुँनेछ । आफन्त तथा अग्रजहरुको सुझाब तथा सल्लाहलाई अध्ययन गरि अगाडि बढ्दा राम्रो रहेको छ । घर परिवार तथा आफन्तबाट बाट छुट्टिएर लामो दुरिको यात्रा गर्नु पर्दा नरामाईलो लाग्नेछ । व्यापार व्यावसायमा नाफा कमाउँन निकै समय खर्चनु पर्नेछ भने बिदेशि भाषा तथा बिदेशि सस्थासँग सम्बन्धित कामहरु बाट मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ ।

शुभ अंक — ३,७ शुभ दिशा — पुर्व

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ चित्रगुप्ताय नम

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आम्दानिका स्रोतहरु फराकिला हुँनेछन् भने व्यापार व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । प्राकृतिक स्रोतको साधन जस्तै खनिज पदार्थ,धातु तथा पानिसँग सम्बन्धित बस्तुहरुको कारोबारबाट प्रसस्त फाईदा हुँनेछ । साथिभाईको सल्लाहमा समाजमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुँनेछ । बिद्यामा अरुलाई पछि पारेर अगाडि बड्ने समय रहेको छ । माया प्रेमको बन्धन कसिलो हुँनुको साथै दाम्पत्य जिबन सुखि रहनेछ । ईच्छित चाहानाहरु पुरा हुनेछन् भने सवारि साधन प्राप्तिको योग रहेको छ । स्वास्थ्य सम्बन्धि साना तिना समस्याले भने सताउने देखिन्छ ।

शुभ अंक — ४,७ शुभ दिशा — उत्तर

शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) काम गर्ने सवालमा बिभिन्न किसिमका बाधा तथा अवरोधहरुको सामना गर्दै अगाडि बढ्नु पर्नेछ । सामाजिक काम गर्ने सवालमा कामहरु समयमा सम्पन्न नहुँने हुँनाले मान सम्मान तथा प्रतिष्ठामा कमिको महशुस हुँनेछ । व्यापार व्यावसायमा नाँफा कमाउँन बढीनै समय दिनु पर्नेछ । आर्थिक अवस्था कमजोर रहनाले ऋण लिएर ब्याबहार चलाउँनु पर्नेछ भने बिना काम झमेलामा फस्ने योग रहेकोछ । अन्य क्षेत्रमा ब्यास्त रहनाले पढाई लेखाईमा अरुभन्दा पछि परिने सम्भावना रहेको छ । साथिभाई तथा आफन्तहरु तपाईलाई प्रयोग गरेर फाईदा लुट्न अनवरत लागिरहनेछन् ।

शुभ अंक — ५,६ शुभ दिशा — पुर्व

शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) राजनिति तथा समाजसेवामा जनताको गतिलो साथ तथा समर्थन पाईनेछ भने समाजमा तारिफयोग्ग काम गरि नाम कमाउँन सकिनेछ । पुराना तथा थाति रहेका कामहरु सम्पादन हुँने हुँनाले दैनिकी सहज रुपमा अगाडि बढ्नेछ । सानो प्रयत्नले ठुलो कामहरु बन्नेछन् भने सरकारि तथा प्रशासनिक कामहरु समयमा बन्नेछन् । धर्म सस्कृति तथा धार्मिक कार्यमा मन जाने हुँनाले धार्मिक प्रतिष्ठानतिरको यात्रा गर्न सकिनेछ । पढाई लेखाईमा भनजस्तो सफलता हात लाग्नेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ ।

शुभ अंक — ३,६ शुभ दिशा — दक्षिण

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ त्रिलोकेशाय नम

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) समयको ख्याल नगरि काम गर्दा समस्या निम्तन सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नयाँ समस्याहरु आउँने हुँदा काम गर्न असजिलो हुँनेछ । घर परिवार तथा बिशेष गरि दिदि बहिनी सँग मनमुटाब बढ्ने योग रहेकोछ । भौतिक तथा सवारि साधन प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । खानपान तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महशुष हुँनेछ । माया प्रेममा सामान्य मनमुटाब हुँने तथा नचाहादा नचाहादै छुट्टिनु पर्ने बाध्यता आउँनेछ । पढाई लेखाईमा मन नजाने हुँनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ ।

शुभ अंक — ३,७ शुभ दिशा — दक्षिण

शुभ रंग —निलो कार्य सद्धि मन्त्र — ॐ घोररुपाय नम

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) माया प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ । बिभिन्न भौतिक तथा बिलाशि बस्तुको प्रयोग मार्फत अरुको मन लोभ्याउँन सकिनेछ । समयमा कामहरु सकिने हुँदा अन्य क्षेत्रमा पनि हात हाल्ने तथा लगानि गर्ने बाताबरण बनाउँन सकिनेछ । व्यापार व्यावसायमा बढोत्तरिको योग रहेकोछ भने व्यापारकै शिलशिलामा देश बिदेशको यात्रा गर्न सकिनेछ । मन मरेको मानिस तथा जीवन साथिको सहयोगले उपलब्धिमुलक कामहरु सम्पादन गर्न सकिने हुँदा आर्थिक रुपमा सम्पन्न हुँने समय रहेकोछ । पढाई लेखाईमा मेहनेत गरे भन्दा राम्रो नतिजा हात लाग्ने हुँदा मन प्रशन्न हुँनेछ ।

शुभ अंक — ४,९ शुभ दिशा — पुर्व

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुनै अगाडि आउँनेछन् । सत्रु लाग्ने तथा न्यायिक निर्णयहरु तपाईको बिपक्षमा आउँनेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्र तपाई आफ्नै कारणले फितलो रहनेछ । आफन्त तथा साथिभाइले सहयोग नगर्ने हुँनाले एक किसिमको निरासा पैदा हुँनेछ । माया प्रेम तथा दाम्पत्य जीवनमा एक अर्कालाई शंका गर्नाले मनमुटाव बढ्नेछ । मामा तथा मावली पक्षसँग सामान्य बिषयमा पनि राय बाजिने हुँनाले काम गर्ने जागर हराएर जानेछ । व्यापार व्यावसायमा समय दिन नसस्दा घाटा लाग्ने सक्छ ध्यान दिनुहोला ।

शुभ अंक — ३,६ शुभ दिशा — पश्चिम

शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ सदाशिवाय नम

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) प्रेम प्रशङगका कोपिलाहरु फक्रियर जानेछन् । परिवार आफन्त तथा साथिभाईहरुको सहयोग हुने हुँनाले समस्याका पर्खालहरु आफै ढल्नेछन् । बंश बृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देखेर मन प्रफुल्लित हुँनेछ । शैक्षिक परामर्श तथा चेतनामुलक कार्यक्रम सञ्चालन गरेर शिक्षाको पहुँच भन्दा बाहिरका मानिसहरुलाई शिक्षाको पहुचमा जोड्न सकिने छ । पढाई लेखाईमा अरुदिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिश्पर्धामा तपाईनै अग्र पंक्तिमा आउनु हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने तपाईको कार्य शैलिको सबैले समर्थन गर्नेछन् ।

शुभ अंक — २,४ शुभ दिशा — दक्षिण

शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) समाजमा ईज्जतिलो काम गर्ने अवसर आएपनि खुट््टा तान्ने तथा फसाउँने मानिसहरु हावि हुँनेछन् । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाउँन कडा मेहनेत गर्नुपर्नेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ भने सवारि साधन तथा घर जग्गाको किनबेच बाट केहि मात्रमा लाभ लिन सकिनेछ । पढाई लेखाई अरु दिन भन्दा कमजोर रहने हुँनाले नतिजा अरुकै पक्षमा जानेछ । आत्मिय मित्र तथा आमासँग छुट्टिएर टाडाको यात्रा गर्नुपर्दा नरमाईलो महशुस हुँनेछ । ज्यानको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउँनेछ ।

शुभ अंक — २,८ शुभ दिशा — पश्चिम

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आन्तरिक यात्राको तय हुँनेछ भने गन्तब्यमा पुग्नको लागि बिभिन्न चुनौतिहरुको पार गर्नुपर्नेछ । बिद्या तथा प्रतिश्पर्धामा गरिएको लगानि बालुवामा पानि जस्तै हुँनेछ । आर्थिक कारोबार बिग्रने हुँदा काममा असजिलो महशुष हुँनेछ । आफन्त,छिमेकि,दाजुभाईबाट धोका तथा बिश्वासघात हुँनेछ काम गर्दा ध्यान दिनुहोला । माया प्रेममा धोका तथा पति पत्निबिचको सम्बन्धमा सामान्य मनमुटाब बढ्नेछ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउँनेछन् । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै समय खर्चिनु पर्नेछ ।

शुभ अंक — ३,९ शुभ दिशा — उत्तर

शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यबाद ।

Related Articles

Back to top button