राशिफल

आजको राशिफल – बि.स.२०७४ कार्तिक २१ गते । मंगलबार । ईश्वी सन् २०१७ नोभेम्बर ०७ तारिख । नेपाल सम्बत् ११३८ ।

Spread the love

बि.स.२०७४ कार्तिक २१ गते । मंगलबार । ईश्वी सन् २०१७ नोभेम्बर ०७ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९३९ । मार्ग कृष्ण पक्ष । तिथि चतुर्थि ५१ घडी १२ पला । नक्षत्र मृगशिरा ४१ घडि १९ पला,बेलुका १० बजेर ४२ मिनेट उप्रान्त आद्रा । योग शिव ३० घडि ५७ पला,बेलुका ०९ बजेर २१ मिनेट उप्रान्त सिद्ध । करण बब,दिउसो ०२ बजेर २१ मिनेट उप्रान्त वालब,रातको ०२ बजेर ३९ मिनेट उप्रान्त कौलव । आनन्दादिमा राक्षस योग । चन्द्रराशि बृष ११ बजेर ३७ मिनेट उप्रान्त मिथुन ।

काठमाडौंमा सूर्योदय ६ बजेर १९ मिनेटसूर्यास्त बेलुका ०५ बजेर १४ मिनेट जादा । दिनमान २७ घडी १६ पला । 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बोलिको प्रभाब बढ्नुको साथै तपाईबाट महत्वपुर्ण तथा दुरगामि निर्णयहरु हुँनेछन् भने समाज तथा छिमेकीहरु तपाईको प्रतिष्ठित काम देखेर खुसि हुँनेछन् । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । दाजुभाई तथा कुटुम्ब सँगको सम्बन्धमा नयाँ आयामको बिकास हुँनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई हराई नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यापार व्यावसायमा सोचेजस्तै आम्दानि हुँनेछ भने नयाँ नयाँ कामको प्रश्ताब आउँनेछ । गित संगित तथा कला साहित्यमा समय लगानि गर्नेहरुका लागि आजको दिन उत्तम रहेको छ ।

शुभ अंक — ५,९ शुभ दिशा — पश्चिम

शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ गजाननाय नम

बृष(ई,,,,वा,वी,वू,वे,वा) समस्या समाधानका लागी चालिएका कदमहरु निअर्थक हुँनेछन् भने तपाई आफ्नै कमजोरिले आत्मिय साथि तथा ईष्टमित्रहरु टाडिन सक्छन् । व्यापार व्यावसायमा बढिनै संघर्ष गर्नु पर्नेछ भने आर्थिक अभावले कामहरु रोकिनेछन् । मध्यान्हबाट समयमा सुधार आउँने हुँनाले सामाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना भनाईलाई जनमानसमा लैजान सकिनेछ । तपाईको प्रखर बोलिले सबैको मन जित्नेछ भने थोरै बोलेर धेरै आय आर्जन गर्न सकिनेछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै आँखा वरिपरि देख्न तथा सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुँनेछ । कुटुम्बसँग मिलेर गरिने कुनै पनि व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ ।

शुभ अंक — २,३  शुभ दिशा — उत्तर

शुभ रंग —  सेतो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

मिथुन(का,की,कू,,,,के,को,हा) बिहानको समय मध्ययम रहेकोले अनाबस्यक ठाउँमा श्रम तथा शक्ति प्रयोग हुँनेछ ध्यान दिनुहोला । आफन्त तथा घर परिवारका मानिस सँग बिवाद बढ्नेछ भने बिश्वास गरेकाहरु बाटनै धोका हुँनेछ । मध्यान्हबाट नयाँ नयाँ फेसेनेवल समानको प्रयोग गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । जोस जागर बढ्ने तथा कलात्मक तथा सिर्जनात्मक कार्यमा मन जानेछ । निर्णय क्षमतामा बृद्धि हुनेछ भने तपाईको सहि निर्णयको प्रभावले समाजमा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ । राजनिति तथा समाजसेवामा जनताको प्रत्यक्ष सहभागिता सहितको गतिलो समर्थन प्राप्त हुनेछ ।

शुभ अंक — ३,६   शुभ दिशा — पुर्व

शुभ रंग —  निलो  कार्य सिद्धि मन्त्र — ॐ चित्रगुप्ताय नम

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अधुरा कामहरु पूरा हुनुका साथै नयाँ नयाँ काम गर्ने अवसरहरु आउँनेछन् । आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्नेछन् भने व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराएर अगाडि बढ्न सकिनेछ । बिभिन्न किसिमका भौतिक साधनहरु लाभ हुनेछन् । प्रेम प्रशङगले दिन रमाईलोका साथ बित्नेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँने तथा औषधि उपचार खर्च बढेर जाने योग रहेको छ । शैद्धान्तिक बिषयमा आफन्त तथा अग्रज ब्याक्तित्वहरु सँग बिवाद सिर्जना हुँनेछ । तपाई आफ्नै कारणले मान सम्मान तथा प्रतिष्ठामा कमिको महशुस हुँनेछ  ।

शुभ अंक — ४,५ शुभ दिशा — उत्तर

शुभ रंग — सेतो  कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समाजमा जनताको काम गर्ने सवालमा केहि गल्ती हुँने हुँनाले गम्भिरता पुर्वक कामहरु गर्नुहोला । सरकारि तथा प्रशासनिक कामहरु समयमा नहुँदा मनमा निरासा जाग्नेछ । माया प्रेममा एक अर्काको भावना नबुझ्दा अबिश्वास बढ्न सक्छ ध्यान दिनुहोला । मध्यान्हबाट समय राम्रो भएकोले अधुरा कामहरु पूरा हुनुका साथै नयाँ कामका अवसर आउनेछन् । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । बिभिन्न किसिमका मानव निर्मित भौतिक साधनहरु लाभ हुनेछन् । प्रेम प्रशङगले दिन रमाईलोका साथ बित्नेछ ।

शुभ अंक — ५,९ शुभ दिशा — पुर्व

शुभ रंग — रातो  कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

कन्या(टो,पा,पी,पु,,,,पे,पा) मांगलिक कार्य तथा सभा समारोहमा सहभागि भई आफन्त तथा परिवारका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ भने लामो समयदेखि भेटघाट नभएका साथिभाई तथा ईष्टमित्रसँग भेट हुँने हुँदा मन प्रशन्न हुँनेछ । कार्य सम्पादन गर्ने सवालमा समाजका अग्रज तथा बिशिष्ट ब्याक्तिहरु सँग भेटघाट हुँनेछ । नयाँ नयाँ काम पाउँने तथा नोकरिमा बढुवा हुँने योग रहेको छ । निर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यालयमा तपाईको निर्णय क्षमताको उच्च कदर हुँनेछ । पढाई लेखाईमा अरुलाई पछि पारि नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।

शुभ अंक — ३,९   शुभ दिशा — दक्षिण

शुभ रंग —  निलो  कार्य सिद्धि मन्त्र — ॐ त्रिलोकेशाय नम

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) आर्थिक ब्याबस्थापनको अभावले बिभिन्न अवसरहरु गुम्नेछन् । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै समय दिनु पर्नेछ । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ । नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले राजनिति तथा समाजसेवामा लागेर जनताको काम गर्न सक्दा राज्यबाट पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ । फरक शैलि अपनाएर गरिने कुनै पनि व्यापार व्यावसायबाट प्रशस्त आम्दानि गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट सहयोग हुँनेछ भने पैत्रिक सम्पतिको प्रयोग तथा परिचालन मार्फत मनग्गे धन सम्पति कमाउँन सकिनेछ ।

शुभ अंक — ४,७ शुभ दिशा — दक्षिण

शुभ रंग —हरियो कार्य सद्धि मन्त्र — ॐ घोररुपाय नम

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिहानको समय राम्रो भएकोले प्रेम गर्ने जोडिहरुले एक अर्कालाई बिश्वास गर्दै सँगै बसेर भलाकुसारि गर्न सक्नेछन् । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ भने साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ । शुभ तथा मांगलिक कार्यमा सहभागि भई बिभिन्न परिकारको स्वाद लिदै दिन कटाउँन सकिनेछ भने मध्यान्ह पछि आर्थिक ब्याबस्थापनको अभावले व्यापार व्यावसायमा आउँने बिभिन्न अवसरहरु गुम्नेछन् । तपाई आफ्नै कारणले घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ । भौतिक सम्पति प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।

शुभ अंक — ५,८ शुभ दिशा — पुर्व

शुभ रंग  — कफि कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

धनु(ये,यो,भा,भी,भू,,फा,ढा,भे) खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । आफन्त तथा साथिभाईहरुले नै झुटो आश्वासन देखाएर रुपैया पैसा लिएर फरार हुन सक्छन भने न्यायिक निर्णयहरु तपाईको बिपक्षमा हुँनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले भौतिक शुख सुबिधा एबम् सत्कार मिल्नुका साथै पारिवारिक माहोलमा जमघट भई स्वादिष्ट भोजनमा साथ समय ब्यातित गर्न सकिनेछ । समाजमा नाम तथा दाम कमाउने तथा ईज्जतिलो काम गर्ने अवसर मिल्नेछ । अध्ययन तथा अध्यापनमा मन जाने तथा खोज अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा निकाल्न सकिने हुँदा मन प्रशन्न रहनेछ ।

शुभ अंक — ३,६      शुभ दिशा — पश्चिम

शुभ रंग —  सुन्तला कार्य सिद्धि मन्त्र — ॐ सदाशिवाय नम

मकर(भो,जा,जी,जू,जे,जो,,खी,खू,खे,खो,गा,गी) पढाई लेखाईमा राम्रो प्रगति हुनेछ भने बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुँनेछ । परिवार तथा सन्तानबाट तपाईले गरेको काममा सहयोग हुँनेछ । व्यापार व्यावसायमा लगानि बडाउँदा राम्रो प्रतिफल प्राप्त हुँनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ भने पति पत्निबिच मायाको डोरो झनै कसिलो हुँनेछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनुको साथै कुनै पनि क्षेत्रमा हुँने प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराएर नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । पुराना थाति रहेर बसेका कामहरु फत्ते हुँने तथा नयाँ काम आउँने गतिलो सम्भावना रहेको छ ।

शुभ अंक — १,४ शुभ दिशा — दक्षिण

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) परिवार तथा आमासँग छुट्टिएर टाडाको यात्रा हुने हुँनाले मन बिचलित हँुनेछ । साथिभाईहरुको गलत संगतले नकरात्मक सोचको बिकास हुनेछ भने नियम बिपरित काम गर्न उक्साउने हरु सक्रिय रहनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले आकस्मिक भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ भने बाधा अवरोधहरु स्वत हटेर जानेछन् । शेयर बजार तथा सट्टाको व्यावसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा उल्लेख्य सहयोग पाईनेछ । प्रेम प्रशङमा रमाईलो गर्दै समय ब्यातित गर्न सकिनेछ भने नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँन सक्छ ।

शुभ अंक — २,३  शुभ दिशा — पश्चिम

शुभ रंग —  निलो कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

मीन(दी,दू,,,,दे,दो,चा,ची) साथिभाईको गलत सल्लाह तथा हल्लाको पछि लाग्दा आफ्ना कामहरु धाति रहनेछन् । आफन्तजन तथा कुटुम्बहरु तपाईको स्वार्थि ब्याबहारले टाडिन सक्छन् । पढाई लेखाईमा सफलता प्राप्त गर्न निकै मेहनेत गर्नुपर्नेछ । व्यापार व्यावसायमा प्रशस्त समय खर्चदा पनि सोचेजस्तो नाफाँ कमाउँन मुस्किल पर्नेछ । माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा सामान्य खटपट हुँनेछ भने दाजुभाई सँग बिवाद बढ्नेछ । सभा समारोहमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त भएपनि स्वास्थ्यमा सामान्य समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

शुभ अंक — ३,६    शुभ दिशा — उत्तर

शुभ रंग — प्याजी  कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् ,मस्त रहनुहोस् स्वस्थ रहनुहोस्  धन्यबाद ।

Related Articles

Close