समाचार

आज मातातिर्थ औंसी

Spread the love

११ बैशाख, २०७७ ।

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’
‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’

उल्लेखित संस्कृत श्लोकहरुले आमा अर्थात मातृ महिमा बोकेका छन् । आज वैशाख कृष्णपक्षको औंसी- यिनै महिमा बोकेकी आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंसी । शास्त्रहरुमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ । यसरी श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मिठो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरुले आमाबाटशुभ आशिर्वाद ग्रहण गर्ने चलन छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मानगरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । यस घडिलाई मातातिर्थ औंसी, मातृऔंसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झनेदिन हो । संसारको सबैभन्दा पवित्र नाता, आमा , संसारको सबैभन्दा पवित्र सम्बोधन, आमा।

बिहान सबेरै उठी स्नान गरी आमालाई उपहार प्रदानगर्ने, मिष्ठान्न भोजन खुवाई आमाको मुख हेर्ने र आशिर्वाद लिने गरिन्छ । आज आमाबाट टाढा रहेका सन्तानहरु आमालाई भेट्न पुग्छन् । आमालाई मीठा खानेकुरा खुवाउँछन् । विवाह गरेर पतिका घर गएका चेलीबेटीहरु मिठा परिकारहरु सहित आमाघर अर्थात माइत पुग्दछन् । विभिन्न कारणले आमालाई भेट्न नपाएकाहरुले भने संचारका साधनहरु मार्फत पनिसम्झने गर्दछन् । मानिसहरुले सामाजिक सञ्जालहरुका माध्यमबाट पनि आमाप्रतिका भावना सम्झनाहरु व्यक्त गर्दछन् । पौराणीक कालदेखिनै मनाउदै आएको यस आमाको मुख हेर्ने दिन आमाले गरेका महान र कष्टपूर्ण कामहरुको सम्झना गरिन्छ । आमा नभएकाहरूले पनि आमाको आत्माको मुक्तिको कामना गर्दै आज श्राद्धतर्पण गरी मातृत्वको स्मरण गर्दछन् । आज काठमाडौं उपत्यकाका नेवार समुदायले भने भक्तपुरको हनुमानघाट पुगी आमाको सम्झनामा परम्परा अनुसार श्राद्ध तर्पण गर्दछन् ।

मातातीर्थ औंसीजन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाइदै आएको पर्व हो । आजकोदिन आमाले गरेका महान् र कष्टपूर्णकामहरुको सम्झना गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झने  दिनका रुपमा लिने गरिन्छ ।

Related Articles

Back to top button