समाचार

अब ठुला माछाु र मुख्य अपराधीको पालो ः गृहमन्त्री

Spread the love

धनगढी, जेठ ९
गृहमन्त्री रामबहादुर थापाले अब सुन तस्करीका ठूला माछा पक्राउ पर्ने क्रम सुरु भएको बताएका छन् । प्रदेश नम्बर ७ स्तरीय सुरक्षागोष्ठीमा सहभागी हुन धनगढी आएका गृहमन्त्री थापाले पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । उनले पक्राउ परेका गोरे भनिने चुडामणि उप्रेती पनि सुन तस्करीका ठुलो माछा भएकाले उनैबाट अरु ठुला माछा पक्रने क्रम सुरु भएको बताए ।

‘अब ठुला माछा जालमा पर्ने क्रम सुरु भयो’, थापाले भने, ‘मंगलबार मात्रै गोरे भनिने चुडामणि उप्रेतीबाट त्यो क्रमको सुरुवात भइसक्यो ।’ उनले अहिलेसम्म अपराधीक गतिविधिमा भरिया र विचौलियाहरु मात्रै पक्राउ परेको बताउँदै अब मुख्य अपराधीसम्म पुग्ने दाबी गरे । विकास र समृद्धिका लागि सुरक्षा अत्यावश्यक भएको बताउँदै उनले शान्ति सुरक्षामा खलल पुग्ने कुनै पनि गतिबिधि हुन नदिने बताए । गृह मन्त्रालयले सुरुमा सिन्डिकेटविरुद्धको ‘एक्सन’, सुन काण्डको अप्रेशनपछि अब विकास निर्माणमा ढिलाई गर्नेलाई ‘टारगेट’ गरेको बताए ।

उनले विकास निर्माणका योजनाहरु सम्झौता गर्ने र त्यसपछि वर्षौँसम्म ढिलासुस्ती गरि सुत्ने निर्माण व्यवसायीलाई कुनै पनिहालतमा नछोड्ने बताए । ‘अहिले अर्बौँका योजनाहरु अलपत्र छन, निर्माण ब्यवसायीलाई जे गरेपनि केही हुन्न भन्ने लागेको छ’, थापाले भने, ‘तर अब ती सबैको खोजीनीति गरिनेछ । गत मंगलबार गृहमन्त्रीले देशभरीका प्रमुख जिल्ला अधिकारीहरुलाई जिल्लाका विकास निर्माणका योजनाहरुमा भइरहेको ढिलासुस्ती र लापरवाहीका घटनाहरु गृहमन्त्रालयमा पठाउन निर्देशन दिएका थिए । प्रमुख जिल्ला अधिकारीहरुले अहिले जिल्लाभरको लगत पनि तयार पारिरहेका छन् ।

Related Articles

Close