समाचार

वसको ठक्कर बाट तिमिल्सिनाको निधन

Spread the love

वुढिवजारमा वसको ठक्कर बाट तिमिल्सिनाको निधन
लेखनाथ, ११ बैशाख ।
पोखरा महानगरपालिका वडा नं. २६ बुढिवजारमा पोखरा बाट दमौली जाँदै गरेको वसको ठक्कर बाट एक मोटरसाईकल चालकको मृत्युु भएको छ। नाम नखुलेको उक्त वसले सोही दिशा वाट आएको ग ६ प ३०२९ नम्बरको मोटरसाईकललाइ मंगलवार राति करिब ८ बजे पृथ्वी राजमार्ग अन्तर्गत बुढिवजारमा ठक्कर दिदा पोखरा २७ खरानेका ४२ वर्षीय टिकाराम तिमिल्सिनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले वताएको छ।

तिमिल्सिनालाई उपचारका लागि गण्डकी अस्पताल लगिएको थियो। ठक्कर दिने वसको तिव्र खोजी भई रहेको र केही संकास्पद वस हरु नियन्त्रणमा लिएको डि एस पि मोहन वहादुर खांडले वताए।

Related Articles

Close