समाचार

आँबुखैरेनीमा बस दुर्घटना, तीन जनाको मृत्यु, १२ घाइते

Spread the love

चैत ९,  गोरखा। पृथ्वीराजमार्गअन्तरगत पर्ने आँबुखैरेनीको ऐनापहराबाट मस्र्याङ्दीमा बस खस्दा तीन जनाको मृत्य भएको छ भने १२ जना घाइते भएका छन्।

आइतबार साँझ साढे ६ बजे दुर्घटना भएको हो।  पोखराबाट नेपालगन्ज जाँदै गरेको ना५ख ४२९४ नम्बरको बस सडकबाट करिब एक सय मिटर तल खसेको ट्राफिक प्रहरी चौकी आँबुखैरेनीका प्रमुख रामकृष्ण गौलीले बताए।

हालसम्म तीन जनाको शव भेटिए पनि मृतक कसैको पनि सनाखत नभएको गौलीले बताए। पानी परिरहेकाले हाल उद्धार कार्यमा कठिनाइ भइरहेकाे प्रहरीले जनाएकाे छ।

Related Articles

Check Also
Close
Back to top button