समाचार

नर्मदेश्वर मोक्ष धाममा आचार्य

Spread the love

लेखनाथ,२२ फागुन ।
पोखरा २९ मदौरुकुनामा रहेको नर्मदेश्वर मोक्ष आश्रम संरक्षण समितीको पाँचौ अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
समितीको अध्यक्षमा झविँद्रराज आचार्य, उपाध्यक्षहरुमा हरिराज पौडेल, निर्मला पौडेल, रक्षा भण्डारी, नारायणी चापागाई, सचिवमा उमेश कुमार आचार्य, सहसचिवमा वल वहादुर विक, कोषाध्यक्षमा विष्णु गौतम, सह कोषाध्यक्षमा सुकमाया सुनार रहनु भएको छ । त्यसै गरी सदस्यहरुमा शक्तिवल्लव ढकाल, दिपकराज घिमिरे, पार्व्ति गिरी, लोकराज पाण्डे, जमुना पौडेल, डा विनोद पौडेल, मंगल वहादुर विक, महेश्वर सुवेदी, होमनाथ वास्तोला, सत्येन्द्र कुमार दास रहनु भएको छ ।
मोक्ष आश्रमका पिठाधिस मौनी वावाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा १ सय वढी भक्तजनको उपस्थिती रहेको थियो । समिती सर्वसम्मत रुपमा चयन भएको निर्वाचन समितीका संयोजक कुल प्रसाद अधिकारीले जानकारी दिनुभयो । निर्वा्चित समितिलाई विहिवार पद तथा गोपनियताको प्रमाण पत्र समेत वितरण गरिएको निवर्तमान सचिव किरणराज भण्डारीले जानकारी दिनुभयो ।

Related Articles

Close