समाचार

अक्षयकोषलाई रकम हस्तान्तरण

Spread the love

लेखनाथ,फागुन ।
पोखरा महानगरपालिका वडा नं. ३२, लामेआहालमा रहेको राधाकृष्ण बृद्धाश्रमलाई आश्रमको वृहत्तर विकासमा टेवा पुग्ने उद्देश्यले पोखरा–१९ सराङ्कोट निवासी छविलाल तिमल्सेनाले संस्थाका अध्यक्ष प्रेम लिगललाई एक समारोहका विच एकाउन्न हजार रुपैयाको अक्षयकोषको चेक हस्तान्तरण गरेका छन् ।

समाज सेवी छविलाल तिमल्सेना मार्फत राधाकृष्ण वृद्धाश्रमलाई अक्षयकोषको चेक हस्तान्तरण गर्दै समजसेवी अर्जुनवहादुर वस्नेतले वृद्धवृद्धा भनेका अभिभावक हुन् उनीहरुको दुःख सुखमा साथ दिनु आफ्नो कर्तव्य हो । जिवन सुखमय हुन भनेकै सहयोगी भावना हुनु हो । कसले कति सहयोग गर्न सक्दछ आफ्नो ठाउँवाट सहयोग गर्नु पर्ने कुरामा जोड दिए । भने कार्यक्रमको संचालन महा–सचिव सोभामोहन पौडेलले गरेका थिए । साथै कार्यक्रममा वृद्धाआश्रमका आश्रित आदरणीय जेष्ठ नागरीकहरुको दैनिकीलाई सरल र सहज वनाउन सञ्चालन समितिले नयाँ सल्लाहकार समिति समेत चयन गरेको छ । जसमा मन्दिरका महन्त मुकुन्दशरण उपाध्याय, वडा अध्यक्ष अक्कलवहादुर कार्की, वडा सदस्य सुनमाया नेपाली, समाज सेवी दामोदरभक्त थापा र अधिवक्ता सन्तोष तिवारीलाई सल्लाहकारमा नियुक्ती गरीएको छ ।

Related Articles

Close