विश्वसमाचार

अफगानिस्तानमा द्वन्द्व अन्त्य हुँदै, अमेरिकासँग शान्ति सम्झौतामा हस्ताक्षर

Spread the love

फागुन १७, काठमाडौं । अफगानिस्तानमा रहेका हजारौं सैनिक अब फिर्ता हुने भएका छन् ।

शनिबार कतारमा अमेरिकाले अफगानिस्तानबाट सैनिक फिर्ता गर्न सहमति जनाउँदै तालिबानसँग शान्ति सम्झौतामा हस्ताक्षर गरेको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार सम्झौताअनुसार नेटोका साझेदारहरुले १४ महिनाभित्र आफ्ना सबै सैनिकहरुलाई फिर्ता गर्नेछन् ।

यो सम्झौतापछि १८ वर्षदेखि अफगानिस्तानमा रहेको द्वन्द्व अन्त्य हुने देखिएको छ ।

Related Articles

Close