समाचार

भ्रष्टचारीविरुद्ध स्टिङ अप्रेसन गर्न पत्रकारलाइ गृहमन्त्रीको आग्रह

Spread the love

चितवन, जेष्ठ १७
गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचारीविरुद्ध ‘स्टिङ अप्रेसन’ गरी उनीहरुको भन्डाफोर गर्न पत्रकारहरुलाई सुझाएका छन् । सौराहामा बिहीबार आयोजित नेपाल राष्ट्रिय फोटो पत्रकार महासंघका जिल्ला अध्यक्षहरुको भेलामा उनले बिनाश्रम अकुत सम्पति कमाउनेलाई सवै मिलेर प्रहार गर्नुपर्ने बताए । अब देश विकासका लागि सामन्तवाद समस्या रहेन । देशका सबैभन्दा ठूला खलनायक भ्रष्टहरु हुन् । त्यस्ता तत्वको भण्डाफोर गर्नुपर्छ,’ उनले भने । सरकारले पुर्वाधार निर्माणमा हुने ढिला सुस्ती र अनियमिततालाई अब नसहने थापाले बताए ।

Related Articles

Back to top button