समाचारसमाजस्वास्थ्य

कोरोना भाइरसविरूद्ध प्रतिरोधात्मक क्षमता बढाउने जडिबुटि ‘गुर्जाे लहरा’

Spread the love

ऋषिराम रानाभाट
लेखनाथ, ४ भदौ ।
कोरोना भाइरसले शरीरमा रोगसंग लड्ने प्रतिरोधात्मक क्षमता नहुने मानिसलाई बढी प्रभावित पार्ने वा ज्यानैसम्म लैजाने कुरा चिकित्सकहरुले बताइरहदा नेपालमा एक जडिबुटिको नाम निकै प्रचलनमा आएको छ । जडिबुटिको देश भनेर चिनिने नेपालमा सबैखाले रोगको औषधि बन्ने जडिबुटि पाइन्छन् भनिन्छ । बनस्पतिविज्ञ, आयुर्वेदिक चिकित्सकहरुले हाल रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने जडिबुटिको रुपमा गुर्जोको प्रयोग गर्नुपर्ने बताइएका छन् ।

नेपालमा पाइने महवत्पूर्ण जडीबुटी गुर्जो गाउँघरतिर प्रशस्त पाईन्छन् । गुर्जो लहरा भनेर चिनिने यो जडिबुटि औषधीय गुणले भरिपूर्ण रहेको आयुर्वेद चिकित्सकहरुले बताएका छन् । गाउँघरमा ज्वरो, रुघोखोकी र बाथ लगायत अन्य अधिक रोगको औषधिका रूपमा प्रयोग गर्ने गरिएको छ । एलर्जी, चर्मरोग, पेट रोगमा आदिमा पनि औषधिको रुपमा प्रयोग गरिन्छ। मधुमेह, क्यान्सरसम्मका लागि पनि औषधिको रुपमा राम्रो काम गर्ने दावी छ ।
विश्वभर कोरोना भाइरसको सन्त्रास फैलिइरहेको अवस्थामा विज्ञ तथा चिकित्सकहरुको सल्लाह बमोजिम शरीरलाई स्वस्थ्य राख्न र शरीरमा रोगसंग लड्ने प्रतिरोधात्मक क्षमता बढाउन सुझाव दिइराखिएको छ । हालसम्म खोप वा कुनै उपचार पद्धति विकास नभएकाले देशभित्रै रहेका जडीबुटीको उपयोग गर्नुपर्ने सुझाव विज्ञहरूको छ ।
गाउँमा बिरामी हुँदा गुर्जोको रस खाने गरिएको वनस्पतिविज्ञ प्रोफेसर प्रमोदकुमार झाले बताउनुभयो । उहाँ आफैले पनि सेवन गरेको बताउनु भएको छ । रुघाखोकी लाग्दा, ज्वरो आउँदा, यसको झोल पिउदा फाईदा हुने उहाँले बताउनुभयो । नेपालमा आयुर्वेदमा यसको राम्रो उपयोग छ तर आधुनिक चिकित्सामा परीक्षण भएका छैनन् । संस्कृतमा गुडुची वा छिन्नोद्भवा भनेर चिनिने उहाँले बताउनुभयो ।
यसै विच आयुर्वेदका ज्ञाता बालकृष्ण आचार्यले गुर्जोको सही तरिकाले प्रयोग गर्न सल्लाह दिनुहुन्छ । रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उहाँले बताउनुभयो । कमलपित्त तथा कलेजोसम्बन्धी समस्यासँगै भाइरसको सङ्क्रमणविरुद्ध गुर्जोले लड्न सक्ने क्षमता बढाउने उहाँले बताउनुभयो । जुनसुकै वातावरणमा उब्जन सक्ने गुर्जो घरको गमलामा पनि खेती गर्न मिल्छ ।

कोरोनालगायत भाइरसको उपचार हाम्रै वरपर र भान्साभित्र पाइने नेपाली आयुर्वेद चिकित्सकहरुले दावी गर्न थालेका छन् । गुर्जोको पातभन्दा डाँठको गुदीमा बढी औषधि हुने बताइन्छ ।

कोरोनाभाइरसविरुद्ध लड्न ‘गुर्जो’को रस फाइदाजनक ः योगगुरु रामदेव
यसै विच भारतीय योग गुरु बाबा रामदेवले कोरोना भाइरस (कोभिड(१९)सँग नडराउन आग्रह गर्दै गुर्जोको रस पिउँदा फाइदा हुने बतानुु भयो ।
उहाँले झारखण्ड राज्यको एक कार्यक्रममा गुर्जोको रस पिउँदा कोरोना भाइरसले संक्रमण नगर्ने दाबी गर्नु भएको हो । रामदेवले गुर्जोका साथै अन्य ४ घरेलु जडीबुटीको मिक्स रस पिउँदा प्रतिरोधात्मक क्षमता बढ्ने हुँदा कोरोना भाइरसको संक्रमणबाट बच्ने सल्लाह दिनुु भएको छ ।

उहाँले झारखण्ड पुगेर कार्यक्रममा मन्तव्य राख्ने क्रममा भने ‘नियमित योग र आयुर्वेद चिकित्सा पद्धतिको माध्यमले हामी कोरोना भाइरससँग लड्न सक्छौँ । योग र पाँच औषधियुक्त सामग्री प्रयोग गर्दा सधैँका लागि कोरोना भाग्छ ।’

रामदेवले भस्त्रीका, कपालभाती र अनुमोल विलोम, प्राणायम र हल्दी, मरिज, गुर्जो, अदुवा र तुलसीको रस बनाएर नियमित खाए कोरोना भाइरसको संक्रमणले नछुने दाबी गरेका छन् । उनले यसलाई बिहान बेलुका खान पनि भन्नुु भएको छ ।
कोरोना जित्नेको कथाः “बाफ लिएँ, कागती र बेसारपानी पिएँ” : शिवराज पौडेल
तनहुँको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेललाई गत साउन २८ गते कोरोना सङ्क्रमण भयो । साउन २२ गते भरतपुर अस्पतालमा स्वाब परीक्षण गराएका पौडेलको कोरोना पोजिटिभ देखिएको थियो ।
त्यसदिनदेखि होम आइसोलेशनमा बसेका पौडल बुधबार निको हुनु भएको छ । पोखरामा गरिएको स्वाब परीक्षणमा उनको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
कोरोनामुक्त भएपछि सञ्चार माध्ययमसंग कुराकानी गर्दै अध्यक्ष पौडेलले आत्मबलले कोरोनालाई परास्त गर्न सकिने प्रतिक्रिया दिनुु भयो ।“कोरोना सङ्क्रमण भएको दिनदेखि म घरमै छुट्टै सुरक्षित रुपमा बसिरहेको थिएँ, घरमा बस्दा खासै समस्या देखिएन”, पौडेलले भने, “निरन्तर स्वास्थ्यकर्मीको निगरानीमा थिएँ ।”
पौडेलले कोरोना सङ्क्रमण भए पनि औषधि भने प्रयोग नगरेको जानकारी दिनुु भयो । “बाफ लिएँ कागती पानी र बेसारपानी पिएँ, नियमित भोजन ग्रहण गरे”, उनले भने, “एक दिन सामान्य रुघा लागेको थियो तर खास समस्या भएन ।”

Related Articles

Back to top button