रोचक

यस्तो छ काठमाडौंमा खुलेको हावाई संग्राहलय,कती लाग्छ प्रवेश शुल्क ?(भिडियो सहित)

Spread the love

काठामाडौं,२० कार्तिक |एयरबसमा बनेको सिनामंगलको ‘एयर म्युजियम’ विमानभित्र विद्यालयर कलेजको सिफारिस लिएर आउने कक्षा ९देखि १२सम्म अध्ययन गर्नेलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

यो म्युजियमलाई ५ खण्डमा विभाजन गरिएको छ । जहाजमा बैठक कक्ष पनि छ । म्युजियमको स्वागत हलमा सोही विमानको ग्लास ककपिट र जहाजको मोडल राखिएको छ ।

 यो अवलोकन गर्न साधारण नेपालीका लागि ३ सय रुपैयाँ शुल्क तोकिएको छ । विदेशीले ६ सय रुपैयाँ तिर्नुपर्नेछ । संग्राहलय विमान ९ बजेबाट साँझ ५ बजेसम्म खुला रहनेछ । सुरुवातको पहिलो महिनामा नेपालीका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । अपांगता भएकाहरुलाई १५० रुपैयाँ शुल्क तय गरिएको छ ।

अन्य विद्यार्थीका लागि पनि ५० प्रतिशत मात्रै प्रवेश शुल्क लाग्नेछ । यो संग्राहलयले विमान चढ्न र नजिकैबाट देख्न नपाएकाहरुलाई प्रत्यक्ष अवलोकनको मौका दिनेछ ।

भिडियो हेर्नुहोस्-

 

Related Articles

Back to top button