समाचार

अखण्ड र समृद्ध नेपालको आकांक्षामा भारतको समर्थनः मोदी

Spread the love

२८ वैशाख, काठमाडौं
नेपाल भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ‘अखण्ड, समृद्ध र सशक्त नेपाल’को आकांक्षामा भारतको समर्थन रहेको बताएका छन् । नेपाली समकक्षी केपी शर्मा ओलीसँग भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा मोदीले नेपालमा आफूलाई परिवारको सदस्यका रुपमा स्वागत भएको भन्दै खुसी व्यक्त गरे । नेपाली जनताले आर्थिक र सामाजिक परिर्वतनका लागि ओलीको नेतृत्व र भिजनमा विश्वास व्यक्त गरेको भन्दै उनले भने, संघीय लोकतान्त्रिक फ्रेमवर्कमा राष्ट्र निर्माण र विकासको फैसलाको म अभिनन्दन गर्छु ।

अघि भने, ‘एक अखण्ड, समृद्ध र सशक्त नेपालका लागि सबैको आकांक्षाको भारत भरपुर समर्थन गर्छ ।’आफू र मोदीले नेपाल र भारतको साझेदारीका धेरै क्षेत्रमा कुराकानी गरेको र यसमा उल्लख्य प्रगति भएको बताए । नेपाल भारत सम्वन्धमा खुला सीमा विशेष भूमिका रहेको भन्दै यसलाई अवान्छित तत्वले दुरुपयोग गर्न नदिने बताए । प्रधानमन्त्री भएपछि आफू तेस्रो पटक नेपाल आएको भन्दै उनले उसले आफ्नो र भारत सरकारको नेपालप्रति प्रतिवद्धता कति गहिरोछ भन्ने देखाउने बताए ।

Related Articles

Close