समाचार

‘सामाजिक सुरक्षा भत्ता कटौती हुन्‍न’ : प्रधानमन्त्री

Spread the love

जेष्ठ १२, काठमाडौँ — एकल महिला र अपांगता भएका व्यक्तिहरूको सामाजिक सुरक्षा भत्ता कटौती नहुने भएको छ । प्रधानमन्त्री ओलीले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै सामाजिक सुरक्षा भत्तामा कटौती नहुने बताएका हुन् । सामाजिक सुरक्षा भत्ता पाउँदै आएकाको कटौती नहुने र अझ त्यसको दायरा फराकिले पारिने उनको भनाइ थियो ।

सरकारले ६० वर्षमुनिका एकल महिलालाई सामाजिक सुरक्षा भत्ता नदिने भनेर यसअघि गरेको निर्णय उल्ट्याउँदै उक्त भत्तालाई निरन्तरता दिने भएको हो । ‘यस अप्ठ्यारो समयमा अपांगता भएका व्यक्ति वा अन्य कसैको पनि राज्यले उपलब्ध गराउँदै आएको सामाजिक सहायतामा कटौती गरिने छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘सामाजिक सुरक्षाको दायरा फराकिलो पारिनेछ ।’

सरकारले पछिल्लो समय परिपत्र जारी गरेर ६० वर्ष उमेर नपुगेका एकल महिलालाई सामाजिक सुरक्षा भत्ता दिन रोकेको थियो । त्यस्तै अपांगता भएका व्यक्तिहरूका लागि पनि परिचयपत्रका आधारमा दिन भनेको थियो । जसबाट ३ लाख ५० हजार एकल महिला र ८६ हजार अपांगता भएका व्यक्ति भत्ताबाट वञ्चित भएको अनुमान गरिएको थियो ।

Related Articles

Check Also
Close
Back to top button