समाचार

पठनपाठनको वैकल्पिक व्यवस्था गरिने : शिक्षा मन्त्री

Spread the love

जेठ १८, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री  गिरिराजमणि पोखरेलले कोरोनाका कारण बन्द भएको पठनपाठनका लागि वैकल्पिक व्यवस्था गर्ने जनाएका छन् । पोखरेलले आइतबार एक विज्ञप्ति जारी गर्दै महामारीको स्थिति र अवस्था हेरी विद्यार्थीहरूको पठन पाठनलाई विभिन्न माध्यम प्रयोग गरी सुचारू राख्‍ने बताएका छन् ।

उनले स्थगन भएका परीक्षाहरू सञ्चालन गर्ने सम्बन्धमा आवश्यक र उपयुक्त निर्णय लिने गृहकार्यमा मन्त्रालय लागिरहेको जानकारी गराएका छन् ।

विद्यालय जाने उमेरका बालबालिकाको नियमित पठन पाठनको सहज अवस्था सिर्जना गर्नका लागि दूर तथा खुला शिक्षा लगायत वैकल्पिक प्रणालीबाट सिकाइमा सहजीकरण गर्न “वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका, २०७७” जारी गरिएको मन्त्रालयले जनाएको छ । निर्देशिका असार १ गतेबाट लागु हुनेछ ।

Related Articles

Back to top button