समाचार
अम्मर सिद्धमा विपद् व्यवस्थापन प्रशिक्षण
लेखनाथ, असोज ५ ।
पोखरा ३१ अम्मर सिद्ध नमुना माविको व्यवस्थापन तथा नेपाल युवा रेडक्रस सर्कलको आयोजनामा २ दिने विपद् व्यवस्थापन प्रशिक्षण कार्यक्रम शुक्रवार देखि शुरु भएको छ ।
अम्मर सिद्ध नमुना मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर भक्त थापाको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश अर्थ तथा विकास समतिका सभापति दिपक कोइरालाले विद्यालयले आवासिय रुपमा विपद् व्यवस्थापन सम्बन्धि प्रशिक्षणको व्यवस्थापन गरेको खुशी व्यक्त गर्दैैै रेडक्रसले आफ्नो सात सिद्धान्त अनुसार सामाजि क्षेत्रमा क्रियासिल रहेकोमा प्रशंसा गर्दै आगामा दिनमा रेडक्रसले गर्ने सामाजिक तथा मानविय सेवामा गर्ने कार्यहरुमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै विशेष अतिथि नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका उपसभापति दण्डराज शर्मा, नेपाल रेडक्रस जुनियर युवा सर्कल उपसमितिका संयोजक विष्ण भण्ढारी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवम् सल्लाहकार दिन नाथ ढकाल, सिड फाउण्डेसनका अध्यक्ष धु्रव नाथ अधिकारी, पोखरा ३१ उपशाखाका सभापति रुद्र नाथ अधिकारी, लक्ष्मी आदर्शका साहायक प्रधानाध्यापक विष्णु प्रसाद तिवारी लगाएतले शुभकामना व्यक्त गरेका थिए ।
विद्यालयकमा प्रधानाध्यापक एवम् जुनियर रेडक्रस सर्कलका संरक्षक विष्णु प्रसाद पौडेलले स्वागत गरेका थिए भने शिक्षक अभिभावक संघका अध्यक्ष प्रकाश सापकोटाले धन्यवाद ज्ञापन गरेका थिए । शिक्षक रमेश सुवेदीले सन्चालन गरेको कार्यक्रममा शिक्षक नायक सुविन तिमिल्सिनाले रेडक्रसका सात सिद्धान्त वाचन गरेका थिए । दुइ दिन सम्म सञ्चालन हुने प्रशिक्षण्मा मोहन सिंह खड्का र नेत्र प्रसाद अधिकारीले प्रशिकको रुपमा रहेका छन् भने २३ वटा विद्यालयहरुको सहभागिता रहेको छ ।