विश्वसमाचार

अमेरिकामा पछिल्लो २४ घण्टामा १८ सयको मृत्यु

Spread the love

चैत २६,  वाशिङ्‌टन । अमेरिकामा कोरोना भाइरसका कारण मंगलवार अहिलेसम्ममै सबभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा मंगलवार १८ सय संक्रमितको मृत्यु भएको छ ।

यसका साथै अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या झण्डै १३ हजार पुगेको छ । अमेरिकामा अहिलेसम्म तीन लाख ९८ हजार मानिसमा संक्रमण देखिएको बीबीसीले जनाएको छ ।

अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या विश्वका अन्य मुलुकभन्दा बढी छ । विश्वभरी कोरोना भाइरसबाट संक्रमितको संख्या १४ लाख पुगिसकेको छ ।

Related Articles

Back to top button