विश्वसमाचारस्वास्थ्य

कोरोनाबाट अमेरिकामा एकैदिनमा ४०२ जनाको मृत्यु

Spread the love

न्युयोर्क , चैत १५ ।  संयुक्त राज्य अमेरिकामा एकैदिन ४०२ जना नोभेल कोरोना संक्रमितको मृत्यु भएको छ । अमेरिका पछिल्लो समय कोरोना इपिसेन्टर बनेको छ ।

हालसम्म अमेरिकामा एक लाखभन्दा बढीलाई कोरोना संक्रमण भएको छ । यसअघिको २४ घण्टाको अवधिमा २५३ कोरोना संक्रमितको मृत्यु भएको थियो । अमेरिकाका ५० वटै राज्यहरुमा कोरोना संक्रमण फैलिइसकेको छ ।

मेरिकाको पनि न्युयोर्क बढी प्रभावित भएको छ ।  अमेरिकाको न्यूयोर्क सिटीमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या २६ हजार ६ सय ९७ पुगेको छ । न्यूयोर्क सिटीभित्रमात्र ५ हजार २५० जना अस्पतालमा भर्ना गरिएका छन् भने १ हजार १ सय ७५ जनालाई आईसीयूमा राखेर उपचार थालिएको छ ।

Related Articles

Close