समाचार

पोखरा २७ उद्घोषण तथा नेतृत्व विकास तालिम

Spread the love

लेखनाथ, ७ फागुन ।
पोखरा २७ शिवटोल भण्डारीचौरमा महिलाहरुका लागि उद्घोषण, सकरात्मक सोच र नेतृत्व विकास तालिम शुरु भएको छ । राईजिङ स्टार युथ क्लबको आयोजनामा ३ दिने उद्घोषण, सकारात्मक सोच र नेतृत्व विकास तालिम बुधवारवाट शुरुवात भएको हो ।
प्रशिक्षक गोर्खाली रेडियो की स्टेसन मेनेजर खिमा गुरुङबाट प्रशिक्षण शुरुवात गराउदै राईजिङ स्टार युथ क्लबका अध्यक्ष विष्णु गुरुङ्गले सम्पुर्ण स्टेसनरी सामान उपलब्ध गराईदिने लिटल फलावर एजुकेशनल एकेडेमीकी संस्थापक देवी खड्कालाई धन्यवाद दिदै तालिमले महिलाहरुको बोल्ने क्षमता बढाउने विश्वास दिलाएका थिए ।
उद्घोषण प्रशिक्षणमा सहभागी सम्पुर्ण महिलाहरु ,समन्वय गर्ने सहयोगी संस्था शिवटोल आमा समुह, समाजसेवी धन बहादुर गुरुङ , सन्तोष भण्डारी लगाएतको सहयोग र तत्परतामा तालिम शुरु भएको हो ।

Related Articles

Check Also

Close
Close