समाचार

अन्नपुर्ण गाँउपालीकामा पर्यटक पदमार्ग पहिचान

Spread the love

पोखरा, ४ जेठ ।
कास्कीको अन्नपुर्ण गाँउपालीकाका वडानम्बर ८, १० र ११ अन्र्तगत ओझेलमा परेका पर्यटकीयस्थलहरुलाई समेटेर विरेठाँटी, मोहोरिया, थामडाँडा, टारापानी पर्यटक पदमार्ग पहिचान भएको छ । अन्नपुर्ण गाँउपालीकाको सहयोगमा वडानम्बर ८ को एक टोलीले पदमार्गको अनुगमन समेत गरेको छ । स्थानियवासीको माग अनुसार पदमार्ग सर्वे भई गाँउपालीकाबाट बजेट विनियोजन गरि पदमार्गको बाटो निर्माण गरिएको छ । पदमार्गलाई व्यवस्थित गर्न सके आन्तरिक तथा वाह्य पर्यटकको गन्तव्य बन्न सक्ने गाँउपालीका वडानम्बर ८ का अध्यक्ष विजय गुरुङको विश्वास छ । हिमलयनको लोभलाग्दा दृश्य संगै धार्मिक, साँस्कृतिक, ऐतिहासिक र प्राकृतिक सौन्दर्यतायुक्त स्थलहरुको अवलोकन गर्नु नै पदमार्गको विशेषता रहेको उनको भनाई छ । पदमार्गमा पुर्वाधार विकासका लागि अगामी दिनमा गाँउपालीका संगको समन्वयमा बजेट विनियोजन गरिने बताए ।

पदयात्रा गर्नेहरुका लागि पदमार्ग उपयुक्त रहेको पदयात्रीहरुको भनाई छ । प्राकृतिक सौन्दर्यता र ऐतिहासिक स्थलहरुले गर्दा यात्रालाई सहज बनाइदिने पदयात्री राम गुरुङले बताए । बाटोमा भेटिने ऐतिहासिक स्थलहरुले पदयात्राको अकर्षक बढाएको उनको भनाई छ ।

Related Articles

Back to top button