समाचार

शिवरात्रीमा करापुटार ईशानेश्वर मन्दिरमा श्र्रदालुको घुइचो

लम्जुङ् २०, फाल्गुन
महाशिवरात्रीको अवसरमा लमजुङको मध्यनेपाल नगरपालिका वडा नंं ७ को करापुटारमा मध्यनेपाल ईशानेश्वर धार्मिक तथा सांस्कृतिक महोत्सवको रुपमा परिचित छ ।
ईशानेश्वर महादेवलाई दुध चढाउँदा सन्तान प्राप्ति हुने जन विश्वास रहेको हुनाले प्रत्येक वर्ष शिवरात्रीको अवसरमा नेपालका विभिन्न क्षेत्रवाट यस पवित्र धार्मिक ईशानेश्वर मन्दिरमा दुध चढाउनका लागि श्र्रदालुहरुको घुइचो लाग्ने गर्दछ ।
हिन्दु धर्मावम्वीहरुले शिवरात्रीलाई विशेष आस्था पुर्वक मनाउने गर्दछन् । शिवरात्री लाई पर्वहरुको राजा पनि भन्ने गरिन्छ । आज व्रह्मरुपी शिवजीलाई उन्पन्न गरेको दिन शिव पार्वती विवहाको दिन पनि रहेको जन विश्वास गरीन्छ ।
महाशिवरात्रीमा करापुटारमा धार्मिक तथा सांस्कृतिक महोत्सव पनि भइरहेको ईशानेश्वर मन्दिरमा महाशिवरात्री मेलाका साथमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका धर्मगुरुहरुबाट प्रवचन, श्रीमद्भागवत् ज्ञान महायज्ञ, रुद्री पूजन गरीएको छ ।
ईशानेश्वर महादेव मन्दिर गण्डकी प्रदेशकै मुख्य तीर्थस्थल मध्येको एक हो । काठमाडौंको पशुपतिनाथपछि महाशिवरात्रिमा यहाँ भक्तजनहरुको ठूलो भीड लाग्ने गर्छ । ईशानेश्वर महादेव मन्दिर पवित्र माहिन्द्री नदीको तट नजिकै ईशानकोणमा फर्केका देवादिदेव महादेवको दर्शन, पूजा आराधना र दूध चढाउनले सम्पूर्ण पापबाट मुक्त भई मोक्ष प्राप्त हुने विश्वास अनुरुप यहाँ हजारौं भक्तजन दर्शन तथा पूजा अर्चनाका लागि भक्तजन हरुको भिड हरेक वर्ष लाग्ने गर्दछ ।
महाशिवरात्रीमा पवित्र भई रातभर जाग्राम बसी ठाडो बत्ती बाल्नाले सन्तान नहुनेलाई सन्तान प्राप्ति हुने धार्मिक विश्वास रहेकाले ईशानेश्वर महादेवलाई सन्तानेश्वर महादेव समेत भनिने मध्य नेपाल समेत भनिने मन्दिर ईशानेश्वर महादेव नेपालकै प्रमुख धार्मिक स्थल भएकाले करापुटारको प्रचार प्रसार गरी धार्मिक पर्यटन प्रबर्धन गर्ने मुख्य उद्देश्य राखेर धार्मिक महोत्सवको आयोजना गरिएको करिब ६ सय वर्ष पहिले स्थानीय शिवदास पोख्रेलले धानको बीउ राख्न हल गोरु लिएर जोत्न जाँदा फालीको टुप्पोले शिवलिङ्गस्वरुप शिला जोतिएर शिलाबाट रगत बहन गएको र हल गोरुसहित उनी पनि जलेर भष्म भएको भन्ने किंबदन्ती पाइन्छ । त्यतिबेला गोरुको भष्म हुन बाँकी रहेको सिङ अझै पनि प्रमाणस्वरुप सुरक्षित रहेको स्थानीय बताउँछन् । सोही शिला रहेको स्थानमा ईशानेश्वर महादेव मन्दिर रहेको छ जानकारी का पुजारी चन्द्रमणि सोतिले बताए ।
सम्बत १४१४ मा तत्कालीन लमजुङका राजा विरनारायण शाहले यस्तो घटना थाहा पाएपछि सो स्थानमा ईशानेश्वर महादेवको मन्दिर निर्माण गरेको किंवदन्ती छ । २०७२ को विनाशकारी भूकम्पका कारण जीर्ण बनेको यो मन्दिरलाई अहिले पुननिर्माण गरी नयाँ बनाइएको छ । १ करोड २२ लाख ९० हजारको लागतमा मन्दिर पुननिर्माण गरिएको हो । मन्दिरको स्वामित्वमा १४ रोपनी जग्गा छ । ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिको आयोजनामा हुने धार्मिक महोत्सवमा मध्यनेपाल नगरपालिकाको कार्यालय भोर्लेटार लमजुङले प्रबर्धकको भूमिका निर्वाह गरेको देखिन्छ । ।
शिवरात्रीमा बेलपत्र चढाउने, भजन कीर्तन, ठाडोभाका प्रतियोगिता, ठाडो बत्ती बाल्ने, धार्मिक गन्तव्यहरुको दर्शन तथा अवलोकन लगायतको व्यवस्था गरिएको प्रचार प्रसार उपसमितिका संयोजक रामचन्द्र सोती बताउँछन् ।कार्यक्रम अन्तर्गत ईशानेश्वर महादेव दर्शन, पूजा आराधना, लक्ष्यदीप तथा ठाडोबत्ती बाल्ने, सामूहिक ब्रतबन्धका साथमा त्यहाँ रहेका गणेश, पार्वती, गौरीशंकर तथा १०८ शिवलिङ्ग र जटेश्वर महादेवको दर्शन गर्न पाइने छ ।
महोत्सव मार्फत होमस्टेको प्रवर्धन, आर्युवेद, योग तथा गुरुकुल आश्रम निर्माण गर्ने, प्याराग्लाईडिङ सञ्चालन गर्ने, ईशानेश्वरदेखि नागभैरवसम्म केवुलकार सञ्चालन गर्ने लगायतका उद्देश्य धार्मिक महोत्सवले राखेको छ ।
महोत्सवको विशेष आकर्षणका रूपमा फागुन २० र २१ गते विविध सांस्कृतिक कार्यक्रमको प्रस्तुति रहने छ जसअन्तर्गत राष्ट्रिय तथा स्थानीय लोक कलाकारहरूको गायन तथा नृत्य, गण्डकी प्रदेश स्तरीय भजन तथा चुड्का प्रतियोगिता, करापुटारे ठाडो भाका लोकगीत एवम् स्थानीय बालुन नृत्यको समेत प्रस्तुति रहने छ ।
महोत्सवमा हुने गण्डकी प्रदेशस्तरीय भजन चुड्का प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान पाउनेले क्रमशः नगद ३०, २०, १० र ५ हजार पुरस्कार पाउने छन् ।धार्मिक महोत्सवकै अवसरमा करापुटारमा दशौं करापुटार खुल्ला रनिङशिल्ड भलिवल प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा प्रथम तथा द्वितीय स्थान पाउने टीमले क्रमशः नगद ७० हजार र ४० हजार पुरस्कार पाउने छन् । सेमीफाइनल पुग्ने थप दुई टीमका लागि १०÷१० हजार पुरस्कार राखिएको छ । उत्कृष्ट खेलाडीले रु ५ हजार, उत्कृष्ट स्पाइकरले २ हजार र उत्कृष्ट लिफ्टरले २ हजार नगद पुरस्कार पाउने छन् । महोत्सवमा छेलो प्रतियोगिता पनि आयोजना गरिएको छ ।

Related Articles

Back to top button
%d bloggers like this: