खेलकुुद

पोखरामा फुटबल मैदानसहित स्टेडियम निर्माण शुरु

पोखरा, २६ फागुन ।
पोखरामा फुटबल मैदानसहित स्टेडियम निर्माणको काम शुरु गरिएको छ । ठेक्का सम्झौताको दुई महिनापछि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले आईतबार शिलान्यास गर्दै तोकिएकै मितिमा स्टेडियम निर्माण कार्य पुरा गर्न सम्बन्धित कम्पनीलाई निर्देशन दिए । हामीलाई साग गेम गर्नुपर्ने जिम्मेवारी छ ।
प्रतिष्ठाको विषय पनि हो । भौतिक पुर्वाधार तोकिएकै मितिमा पुरा गर्नुपर्ने जिम्मेवारी र दायित्व छ,’ मन्त्री बिकले भने, ‘तोकिएकै मितिभित्र निर्माण गरेर हस्तान्तरण गर्नुहुनेछ भन्नेमा विश्वस्त छौं ।’ उनले तोकिएकै मितिमा निर्माण पुरा गर्दै कुशल निर्माणको परिचयलाई अझ उजिल्याउनुे काम गर्नुपर्ने भन्दै कम्पनी नै अनुहार रातो बनाएर जाने वातावरण कतैबाट सिर्जना नहुने विश्वास व्यक्त गरे ।
‘वातावरणीय प्रतिकुलताको उल्झन आउने छैन । सहज वातावरण निर्माण गरिदिनुपर्छ,’ उनले भने,‘त्यस्तो उल्झनको वातावरण कर्हीँ कतैबाट नहोस् । त्यसप्रति सरकार गम्भीर छ ।’ शिलान्यास समारोहमा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले पोखरा रंगशालालाई अब नयाँ माष्टर प्लान बनाई कार्ययोजना बनाउनु पर्ने बताए ।

Related Articles

Back to top button
%d bloggers like this: