मनोरञ्जन

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्त

चैत ७,  काठमाण्डौ

चलचित्र विकास बोर्डको अध्यक्ष पदमा निर्माता केशव भट्टराई नियुक्त भएका छन् । उनलाई सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष बनाउने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नै उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।

बोर्ड अध्यक्ष भएपछि संक्षिप्त प्रतिक्रिया दिदै भट्टराईले आफ्नो योजनाको बारेमा पदबहाली गरिसकेपछि मात्र जानकारी दिने बताए । चलचित्र निर्माता संघको वरिष्ठ उपाध्यक्षसमेत रहेका अध्यक्ष भट्टराईले अब २ बर्ष चलचित्र विकास बोर्ड हाँक्नेछन् । निकिता पौडेलले केही महिना अगाडि राजीनामा दिएपछि चलचित्र विकास बोर्ड अध्यक्षविहीन थियो ।

Related Articles

Back to top button
%d bloggers like this: