समाचार
लेखनाथमा असिना पानी
लेखनाथ, १७ चैत ।
पोखरा र आसपासको क्षेत्रमा आज दिउसो करिब ३ः३० बजे तिर मेघ गर्जन सहित असीना पानी प¥यो । लेखनाथका अधिकांश ठाउँमा असिना सहित पानी परेको स्थानीयले बताएका छन् । जल तथा मौसम विज्ञान विभागले दुई दिन पहिले देखी नै देशभर मेघगर्जन सहित पानी पर्ने बताएको थियो । दिऊसै अँध्यारो भएपछि सडकमा सवारीहरु दिउँसो बत्ती बालेर गाडि चलाएका थिए । असिना पानीले लेखनाथ तथा पोखराका विभिन्न क्षेत्रमा बालीनालीलाई सामान्य क्षेती गरेको स्थानियले बताएका छन् ।