लक्ष्मी माविको ६१औं वार्षिकोत्सव सम्पन्न

लेखनाथ, २८ चैत्र । पोखरा महानगरपालिका वडा नं २६ को अर्घौमा रहेको लक्ष्मी माविको ६१ औं बार्षिकोत्सव सम्पन्न भएको छ ।
६१ औं बार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै पूर्वमन्त्री एवम् कास्की १ का प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले विद्यार्थीहरुलाई सीपमूलक र रोजगारमूलक शिक्षा तर्फ अग्रसर बनाउनु पर्नेमा जोड दिँदै प्रविधिको प्रयोग गरी शैक्षिक गुणस्तरलाई समयानुकूल र परिणाममुखी बनाउनुपर्ने बताए ।
मन्त्री अधिकारीले सात तालको सुन्दर बाटिका शहर लेखनाथको रमणीय बस्ती, कविशिरोमणि लेखनाथ पौड्यालको साहित्यिक उर्वरभूमि अर्घौंअर्चलेका समीपमा अवस्थित लक्ष्मी माध्यमिक विद्यालयले ६१ वर्ष पार गर्दा थुप्रै आरोहअवरोह पार गरेको बताउदै उज्वल भविष्यको कामना गरे ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण जिसीको अध्यक्षतामा भएको सो कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष तारानाथ पौडेलले स्वागत मन्तव्य राखेका थिए भने विद्यार्थीको तर्फबाट सन्ध्या पौडेलले स्वागत मन्तव्य राखेकी थिइन् ।
प्रधानाध्यापक जगन्नाथ अधिकारीले विद्यालय प्रतिवेदन प्रस्तुत गरेको उक्त कार्यक्रममा महानगरपालिका शैक्षिक प्रशासान महाशाखाको प्रतिनिधित्व गर्दै बिनि विश्वराज आचार्य, वडा नं २६ का वडाअध्यक्ष नारायण प्रसाद बराल,वडा नं २७ का वडाअध्यक्ष पूर्णबहादुर गुरुङ्ग सम्पूर्ण महिलाहरुको प्रतिनिधित्व गर्दै विव्यस सदस्य सीता भण्डारी , संस्थापक सदस्य हिरामणी सुवेदी लगाएतले आ आफनो धारणा राखेका थिए।
विविध साकृतिक कार्यक्रम र गत शैक्षिक सत्रमा उत्कृष्ट स्थान हासिल गर्न सफल विद्याथीहरुलाई पुस्कार वितरण गरिएको सो कार्यक्रममा विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सहयोग पुग्ने गरी आर्थिक सहयोग गर्ने शिक्षकहरु, दश उत्कृष्ट शिक्षकहरु तथा सेवा निवृत्त शिक्षकहरुलाई सम्मान समेत गरिएको थियो । उक्त कार्यक्रमको सञ्चालन सहायक प्रअ ठाकुरप्रसाद घिमिरेले गरेका थिए ।