मनोरञ्जनअर्थ खबर

फेवा महोत्सवमा झाँकी प्रतियोगितामा बाँझापाटन तमु सममाज प्रथम

पोखरा, २बैशाख ।
फेवा तालको किनारमा आयोजित १६ औ फेवा नब बर्ष २०७६ का अवसरमा आयोजित झाँकी प्रतियोगितामा बाँझापाटन तमु सममाज प्रथम भएको छ । प्रतियोगितामा ताङतिङ दूधपोखराी तमु समाज द्वितीय र सिमाना मार्ग मिलन भजन समूह तृतीय भएका छन् । क्षत्री महिला समाजले भने सान्त्वना स्थान हासिल गरेको थियो ।
यसैगरी महोत्सवकै अवसरमा आयोजित आमा समूहहरुको प्रस्तुतीमा भने देवीस्थान भलछोपुवा आमा समूह प्रथम, अन्नपूर्ण आमा समूह द्वितीय र सक्षम आमा समूह तृतीय भएका छन् । गाईघाट आमा समूह भने प्रतियोगितामा सान्त्वना स्थान हासिल गर्न सफल भएको छ । दुबै प्रतियोगितामा गरी कूल ३६ समूहले भाग लिएको महोत्सवका प्रचार संयोजक एवं आयोजक पश्चिमाञ्चल होटल संघ पोखराका महासचिव गणेशराज पहारीले जानकारी दिए ।
खाना, संस्कृति र संगीत भन्ने नाराका साथ आयोजित महोत्सव गत चैत २९ गतेबाट लेकसाइड स्थित कोमागाने पार्कमा सुरु भएको थियो । आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्दै फेवा तालको संरक्षणमा सचेतना फैलाउने उद्धेश्यसाथ यो महोत्सव आयोजना गरिएको महोत्सवको संयोजक विकल तुलाचनले जानकारी दिए । महोत्सव बैशाख १ आइतबार सम्मका लागि आयोजना गरिएको हो ।

Related Articles

Back to top button
%d bloggers like this: