समाचार

राईजिङ स्टार युथ क्लबको गाँजा फडानी अभियान

राईजिङ स्टार युथ क्लबको गाँजा फडानी अभियान
लेखनाथ, १२ बैशाख ।
राईजिङ स्टार युथ क्लब पोखरा २७ रिठेपानीले विक्रिती, विसंगती र लागु औषध नियन्त्रणको अन्तरगत गाँजा फडानी अभियानलाई तिव्र पारेको छ ।
कहिले चोक, कहिले वस्ती, कहिले सार्वजनिक स्थल त कहिले अस्पताल परिसर सम्म पुगेर सरसफाईका बारेमा जनचेतना फैलाउदै आएको क्लवले बुधवार रिठेपानी क्षेत्रको कुमाल गाँउमा रहेको गाँजा फडानीलाई तिव्र पारेको हो ।
थोरै भए पनि समाजसेवा गरौं भन्ने मुल नाराका साथ क्लवका पदाधिकारी, स्थानिय आमा समुह र स्थानियको उल्लेखिए सहभागीता रहेको टोलीले उत्त क्षेत्रमा भएको गाजा फाडानी गरि लागु औषध नियन्त्रणको अभियानलाई अगाडी वढाएको क्लवका अध्यक्ष विष्णु गुरुङले जानकारी दिएका छन् ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: