मनोरञ्जन

लायन्सको सातौं महाधिवेशन आज देखि पोखरामा सुरु हुँदै

लायन्सको सातौं महाधिवेशन आज देखि पोखरामा सुरु हुँदै
पोखरा, १३ बैशाख ।पर्यटन प्रवद्र्धनको लक्ष्यसहित लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको सातौं महाधिवेशन पर्यटकीय नगरी पोखरामा आज देखि पोखरामा सुरु हुँदै छ ।

महाधिवेशन वैशाख १३ र १४ गते पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा महाधिवेशन हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महाधिवेशन मूल आयोजक समितिका संयोजक तथा डिष्ट्रिक्टका डिपार्टमेन्ट चिफ बिमला श्रेष्ठले लायन्स क्लब अफ पोखरा गण्डकीको संयोजनमा महिला मात्रै सदस्य रहेका पोखरा क्षेत्रका २६ वटा क्लबहरुको आयोजनामा महाधिवेशन हुने जानकारी दिईन् । उनका अनुसार महाधिवेशनमा ३ हजार भन्दा बढी लायन्स लिडर तथा सदस्यहरुको रजिष्टेशन हुने अपेक्षा छ ।

‘पर्यटकीय नगरी पोखरामा लायन्सको महाधिवेशन हुँदैछ,’ श्रेष्ठले भनिन्, ‘देशभरबाट लायन्स सदस्यहरु पोखरा आउने हुँदा महाधिवेशनले पोखरा क्षेत्रको पर्यटन प्रवद्र्धनमा प्रत्यक्ष योगदान पुग्ने विश्वास लिएका छौं ।’पत्रकार सम्मेलनमा बोल्दै डिष्ट्रिक्ट गभर्नर अशोककुमार श्रेष्ठले महिला क्लबहरुको व्यवस्थापनमा हुने महाधिवेशन ऐतिहासिक हुनेमा आफू विश्वस्त रहेको बताए । डिष्ट्रिक्टको अबको नेतृत्व महिलाले नै लिने सन्दर्भमा महिलाहरुकै आयोजनामा महाधिवेशन सम्पन्न हुनु गौरवको विषय भएको श्रेष्ठको भनाई छ ।

महाधिवेशनका लागि गभर्नर पदमा ईन्दु लम्साल र फस्ट भाइस गभर्नर पदमा मन रोकाको उम्मेदवारी दर्ता गरेका छन् । उनीहरु दुवैले ‘एस’मत लिनुपर्नेछ । सेकेण्ड भाइस गभर्नर पदमा भने ध्रुवबहादुर श्रेष्ठ र विशेश्वर आचार्य चुनावी अभियानमा रहेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै पत्रकारहरुले सहमतिमै नेतृत्व चयन गर्न सुझाव दिएका थिए । पोखराको हार्मोनी कायम गर्नका लागि सहमतिको विकल्प नभएको पत्रकारको भनाई थियो । पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले लायन्समा नेतृत्व लिनका लागि हैन दिनका लागि हो भन्ने कुरालाई मनन गर्दै(वी फाईट फर पोष्ट)लाई छोडेर लायन्सको मान्यता
“वी सर्भ”लाई आत्मसात गर्नुपर्ने सुझाव दिए ।

उनले भने(“लायन्सको नेतृत्व चयन व्यक्तिमुखि हैन नीतिमुखि हुनुपर्छ । नीति बनाएर निश्चित मापदण्ड पुगेका उम्मेदवालाई सहज रुपमा लायन्सको नेतृत्व हस्तान्तरण गर्ने वातावरण बनोस् र बन्छ भन्नेमा पनि म विश्वस्त छु ।”सामाजिक संस्था भनेर चिनिने लायन्स क्लवमा महाधिवेशनको समयमा चुनावी प्रचारप्रसारका लागि गरिने खर्च सामाजिक कार्यकै लागि सदुपयोग गरेमा लायन्सको महत्व अझै बढ्ने उनको भनाई छ । राजनीतिकरण भयो भने लायन्सको भविष्य अन्यौलमा पर्ने श्रेष्ठले बताए ।

पत्रकार महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारीले दुवै जना उम्मेदवार पोखराको भएकोले पनि पोखराको इतिहास रच्नको लागि सहमतिमै जानुपर्नेमा जोड दिईन् ।

कार्यक्रममा जिज्ञासा राख्दै पत्रकारहरुले व्यक्तिको होईन,लायन्सको समाचार लेख्ने वातावरण बनोस भन्ने भनाई राखे । महाधिवेशन सफल पार्न विभिन्न २६ वटा विभिन्न उपसमितिहरु बनाइएको मूल आयोजक समितिका सचिव तथा रिजन चियरपर्सन विधाता श्रेष्ठ द्वाले जानकारी दिइन् । सम्पूर्ण उपसमितिले आ–आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेको महाधिवेशन आयोजक समितिका कोषाध्यक्ष तथा जोन चियरपर्सन विन्दुु श्रेष्ठले जानकारी दिइन् । विमला श्रेष्ठको सभापतित्वमा भएको पत्रकार सम्मेलनको सञ्चालन विधाता श्रेष्ठ द्वाले गरेकी थिईन भने स्वागत मिलन थापाले गरेकी थिईन् ।

Related Articles

Back to top button
%d bloggers like this: