Site icon Gaule Media ::

रत्न शोभामा पोशाक वितरण

रत्न शोभामा पोशाक वितरण
माझठाना, १६ बैशाख ।
पोखरा महानगरपालिका वडा नं.२८ माझठाना रैकरमा रहेको रत्न शोाभा माविले कक्षा १ देखि कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाइ पोशाक वितरण गरेको छ । पोशाक वितरण गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन गुरुङले नयाँ शैक्षिक सत्रको योजना अनुसार कक्षा १ देखि कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाइ पोशाक वितरण गरिएको जानकारी दिंदै आफ्ना वालवच्चाहरुलाइ घरमा बढी भन्दा बढी निगरानी राखी नियमति रुपमा विद्यालय पठाउन अभिभावकलाइ आग्रह गरे ।

प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकीले गुणस्तरीय शिक्षा कायम गर्न प्रतिबद्धता व्यक्त गर्दै उक्त कार्यमा सहयोग गर्न सम्पूर्ण अभिभावकहरुलाइ आग्रह गरे । यसै गरी सोही विद्यालयमा भएको अभिभावक भेलाले वालविकास कक्षा देखि कक्षा ५ सम्म अध्ययन गर्ने वालवालिकाहरुका लागि विद्यालयमा खाजाको व्यवस्था गर्ने निर्णय समेत गरेका छ । शिक्षक अभिभावक संघका अध्यक्ष इमान बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको भेलामा अभिभावकहरुले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।

Exit mobile version